औषधि छ तर स्वास्थ्यकर्मी छैनन्

हुम्ला– जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधि भएता पनि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ । अधिकांश स्वास्थ्यचौकीहरुमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई बोकी एक दिन पैदल हिँडेर उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने बाध्यता रहेको गुनासो स्थानीवासीको छ । सर्केगाड गाउँपालिका रिपस्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा यहाँको बिरामीलाई उपचारका लागि बोकेर एक दिन पैदल हिँडेर जिल्ला […]

बिर्तासिटी बालक मृत्यु घटनाः पीडित र अस्पतालबीच सहमति

विर्तामोड– झापाको बिर्तामोडस्थित पूर्णटुङ बिर्तासिटी अस्पतालमा उपचारको क्रममा बालकको मृत्यु भएपछि पीडित परिवार र अस्पताल प्रशासनबीच आज दुई बुँदे सहमति भएको छ । अस्पतालमा आइतबार मेचीनगर नगरपालिका–५ चारआलीका उमङ्ग राजवंशीका अढाइ वर्षीय छोरा जेनिसको मृत्यु भएको थियो । अस्पतालमा उपचारका क्रममा लापर्वाही भएकाले बालकको मृत्यु भएको भन्दै आइतबार राति बालकका आफन्तले तोडफोड गरेका थिए । […]

घोपामा बिमारी कुरुवा लुटिए

धरान– सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुरक्षाको जिम्मेवारी पाएको केटिएम सेक्युरिटी प्रालिको लापर्वाहीले बिमारीका कुरुवा लुटिएका छन् । मेडिसिन युनिट १ वार्डमा आज बिहान तीन जना बिमारीका आफन्त लुटिएका छन् । उनीहरुको चार वटा मोबाइल, एक वटा चाँदीको औँठी एउटा बाला र नगद रु चार हजार ९०० लुटिएको विर्तामोड घर भएका बिमारीका आफन्त […]

६० घरधुरीको एउटै शौचालय

जुम्ला (रासस)– चन्दननाथ नगरपालिका–५ कामीटोलका ६० घरधुरीले एउटै शौचालय प्रयोग गर्ने गरेका छन् । नगरपालिकाले निर्माण गरेको शौचालयले मात्र उनीहरूलाई पर्याप्त भएको छैन् । उक्त बस्तीमा बस्ने घरबाहेक अन्य शौचालय निर्माण गर्ने जमीन नभएका कारण सामूहिक शौचालय प्रयोग गर्न बाध्य भएका हुन् । स्थानीय ज्ञानबहादुर विकको परिवारलाई हरेक दिन बेलुका सुतिसकेपछि भोलि बिहानको कामभन्दा पहिले […]

काङ्ग्रेस नेताका नाममा खुलेका अस्पताल तत्कालै स्वीकृत गर्न माग

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्र्रेसले आफ्ना नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सकिएलगत्तै काङ्ग्रेस सांसदहरु आसनबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले काङ्ग्रेस मुख्य सचेतक बालकृष्ण खाँणलाई बोल्न समय दिएका थिए । सांसद खाँणले स्वास्थ्य मन्त्रालयले मुलुकभरका ११ ठूला अस्पताल तथा […]

धुलाम्मे सडकले गाउँ प्रदूषित

तेह्रथुम– गाउँ भन्नासाथ धेरैको दिमागमा आउँछ स्वच्छ, सफा र कञ्चन हावापानी । यस्तो सोच राख्नुभएको छ भने अब हटाए हुन्छ । गाउँ पनि धुवाँ धुलोको प्रदूषणबाट अछुतो छैन । निर्माणाधीन र कच्ची सडक धुलाम्मे बनेपछि वातावरण प्रदूषित बन्दै गएको हो । निर्माण हुँदै गरेका र ट्र्याक मात्रै खोलिएका कच्ची सडकबाट गाउँ–गाउँसम्म सवारीका साधनहरु पुग्न थालेपछि […]

केन्द्रीय कारागारभित्र अस्पताल सञ्चालन

काठमाडौँ– नेपालकै सबैभन्दा ठूलो कारागारको रूपमा रहेको केन्द्रीय कारागारमा ३० श्ययाको अस्पताल सञ्चालनमा आएको छ । विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा अस्पताल सञ्चालन गरिएको हो । सो अस्पतालमा २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न शुरु गरिएको थियो । कारागार अस्पतालले २०६८ सालमा छुट्टै भवन निर्माण गरी २०७० साउन २८ देखि […]

इलामेली बुद्धिजीवीको दृष्टिमा केसीको अनशन ‘अनुचित’

इलाम– आमरण अनशनरत प्राडा गोविन्द केसीले सार्वभौम संसद्लाई ‘बन्धक बनाउने नियत’ राखेको भन्दै बौद्धिक तथा युवा जनमत उनको मागसँग असहमत देखिएको छ । प्राध्यापक, अधिकारकर्मी र युवा विद्यार्थीले विधि र कानून नमानी कसैले ‘हठ’ को प्रदर्शन गर्न नहुनेमा जोड दिएका छन् । प्रतिनिधिसभामा विचाराधीन राष्ट्रिय चिकित्सा विधेयकमा विगतका सहमति शतप्रतिशत समावेश हुनुपर्नेलगायत माग राखी त्रिवि […]

अजिनोमोटोको असर कत्तिको खतरनाक छ ?

अजिनोमोटो अर्थात् खानेकुरालाई स्वादिलो बनाइदिने, झट्ट हेर्दा चिनी जस्तै देखिने सेतो धूलो पदार्थ । बजारमा यसलाई सामान्यतः अजिनोमोटो भनेर चिनिने गरिन्छ । त्यसबाहेक यसलाई टेस्टिङ पाउडर भनेर पनि बोलाइने गरिन्छ । त्यसबाहेक, कतिपयले यसलाई मोनोसोडियम र छोटकरीमा एमएसजी भनेर पनि चिन्ने गर्छन् । खासगरी, चाइनिज वा जापानिज खानेकुराहरुमा एक किसिमले अनिवार्य जस्तै बनिसकेको, खानालाई स्वादिलो […]

जान्नुहोस्, यी फलफूलको गुदीमा भन्दा बोक्रामा फाइदा के छ ?

देखावटी चाहिँ राम्रो तर भित्र–भित्र चाहिँ खासै केही नभएको कुरालाई दर्शाउनको लागि ‘बोक्रा चाहिँ राम्रो, गुदी चाहिँ खोक्रो’ भनेर भन्ने चलन छ । त्यसैगरी कसैले बढी नै फूर्तीफार्ती लगायो भने पनि बोक्रे धाक भनेर खिल्ली गर्ने गरिन्छ । यी भनाइहरुले गुदीलाई अति धेरै महत्त्व दिन्छ भने बोक्रालाई चाहिँ कामै नलाग्ने, वेफ्वाँकको भनेर दर्शाउने गर्छ । […]