५६ जिल्लामा डेंगुः ६ जनाको मृत्यु, स्वास्थ्य सेवा विभाग भने नेतृत्वबिहीन

काठमाडौँ । देशका ५६ जिल्लामा डेंगुको संक्रमण फैलिएको समयमा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण जिम्मेवारी बोकेको निकाय स्वास्थ्य सेवा विभाग भने नेतृत्वबिहीन बनेको छ । विभागका महानिर्देशक डा। सुशीलनाथ प्याकुरेल कार्यकाल सकिएसँगै विभाग नेतृत्वबिहीन बनेको हो । असार अन्तिममा महानिर्देशकको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्याकुरेललाई महानिर्देशकको जिम्मेवारी प्रदान गरेको थियो । तर, कार्यकाल सकिएसँगै भदौ २१ […]

डेंगुले अस्पतालमा भीडभाडले जात्रा, बिरामी जाँच्न भ्याइनभ्याइ

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुनलाई बिरामी जाँच्न भ्याइनभ्याइ छ । भन्छन्, ‘खाना खान पनि फुर्सद छैन ।’ उनी बिहान ९ बजे अस्पताल पुग्छन् । डेंगुको शंका गर्दै जाँच गर्न आएका बिरामीको लाइन हुन्छ । उपचारमा संलग्न चिकित्सक पानी पिउनै नपाई जाँच्न व्यस्त हुन्छन् । ‘बिरामीलाई सोध्ने र उनीहरूका जिज्ञासा समाधान […]

मिर्गौला डायलासिस गर्ने औषधिमा पनि कालोबजारी

भक्तपुर । मिर्गौला पीडित बिरामीले घरमै बसेर पेटमा पाइपका माध्यमबाट औषधियुक्त पानी प्रवेश गराई मिर्गौला डायलासिस गर्ने औषधिमा कालोबजारी भएपछि बिरामी बढी मूल्य तिर्न बाध्य भएका छन् । भक्तपुरमा आज आयोजित पत्रकार सम्मेलनमा मिर्गौला पीडितहरुले सरकारले निःशुल्क भनेको डाइलोसिस सेवा लिन आफूहरुले बढी रकम तिरेर कालोबजारमिा औषधि किन्नुपरेको गुनासो गरेका छन् । सरकारले निर्धारण गरेको […]

७० हजारलाई डेंगु, वैशाखयता अस्पतालमा पुगेका बिरामी ७ हजार

पछिल्लो समय प्रकोपका रुपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा९इडिसिडी०को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै बैशाखयता करिब ७ हजार छन् । निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा करिब ७० हजार पुग्ने चिकित्सकको आंकलन छ । इडिसिडीको तथ्यांकअनुसार वैशाखदेखि असारसम्म […]

एमबीबीएस प्रवेश परीक्षा रोक्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले अन्तरकालिन आदेश जारी गर्दै त्रिभुवन विश्वविद्यालय अन्तरगतको एमबीबीएस प्रवेश परीक्षा रोक्न आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले शुक्रवार दुवै पक्षसँग छलफल गर्नुपर्ने भएकाले तत्कालका लागि एमबीबीएस परीक्षा रोक्न आदेश दिएको सर्वोच्च अदालत स्रोतले नजाएको छ । शनिबार त्रिभुवन विश्वविद्यालय अन्रतगतको एमबीबीएस प्रवेश परीक्षाको तयारी थियो । विद्यार्थीहरुले दायर […]

प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने

सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वेदश फर्किने भएका छन् । उनी शुक्रबार बिहान ११ बजेर ३५ मिनेटमा नेपाल आइपुग्ने सूचना तथा प्रसारण विभागले जनाएको छ । उपचारका लागि गएको ५ गते सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा ‘प्लाज्मा फेरेसिस’ गरिएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका उपाध्यक्ष वामदेव […]

देशभरि फैलँदै डेङ्गुः भक्तपुर उच्च जोखिममा, १२ जनामा सङ्क्रमण

भक्तपुर । देशभरि फैलँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको जानकारी दिए । भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेको हो । अहिले […]

बिरामीको थप सेवाको लागि प्रधानमन्त्री ओलीले गङ्गालालमा नयाँ भवनको उद्घाटन गरे

काठमाडौँ– काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल राष्टिय हृदय केन्द्रमा आजदेखि नवनिर्मित आकस्मिक तथा बहिरङ्ग सेवा भवनबाट बिरामीलाई सेवा दिन थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको आज उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवजातिले अनुसन्धान तथा प्रयोगशाला प्रयोगमा विकास गरेका कारण विश्वभर स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको […]

भारतबाट भित्रिने तरकारी र फलफूलको विषादी जाँचमा मनपरी : घरी रोक्ने घरी खुल्ने

बाँके– सरकारले असार पहिलो सातादेखि भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच ग¥यो । त्यसको दुई साता नबित्दै जाँच रोकियो । कर्मचारी अभावका कारण जाँच रोक्नुपरेको सङ्घीय सरकारले जनाएको छ । सङ्घीय सरकारले भनेको छ, “आवश्यक पूर्वाधार र जनशक्ति तयार गरेर एक वर्षभित्रै जाँच पूर्ण कार्यान्वयनमा आउनेछ ।” यसरी सङ्घीय सरकारले जाँच रोके पनि प्रदेश […]

विषादीयुक्त फलफूल तरकारीको आयात रोक्न माग

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदले विषादीयुक्त फलपूmल तथा तरकारीको आयात रोक्न सरकारसँग माग गरेका छन् । बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले सरकारले कसैको दवावमा जनतालाई विष खुवाइरहेको आरोप लगाए । सांसद गौरीशङ्कर चौधरीले भारतबाट फलपूmल तथा तरकारी आयात रोक्न आग्रह गरे । सांसद चित्रलेखा यादवले भारतबाट आयात भइरहेका फलपूmल तथा तरकारीको विषादी परीक्षण गर्न […]