दार्चुलामा पहिलो पटक तिम्ल्याहा जन्माउनेलाई हेलिकप्टरमार्फत उद्धार

दार्चुलामा पहिलो पटक एक सुत्केरी महिला र तीनवटै नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले सोमबार नौगाड गाउँपालिका–३ खार स्वास्थ्य चौकीको सुरक्षित प्रसूति केन्द्रमा तीन वटा छोरी जन्माएपछि उहाँलाई उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको हो । वर्षायाममा जीपसमेत नचल्ने विकट बस्तीबाट सरकारले पहिलो पटक एयर एम्बुलेन्स हेलिकप्टरमार्फत सुत्केरी […]

छोराकै आसमा १२ पटकसम्म गर्भधारण

ताँजकोट गाउँपालिका–२ कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन् । ३५ वर्ष पुगिसकेकी उनले १२ सन्तान गर्भमा राखिन् । सात छोरीको जन्म दिएकी उनले ज्यान जोखिममा राखी पाँचवटा गर्भ पतन गरिन् । जसको असरले अहिले उनको ज्यान कमजोर बनेको छ । सानै उमेरमा धेरै सन्तान जन्माउनु उनको रहर होइन, छोरा पाउनुपर्छ भन्ने पति […]

‘फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ’

फ्लु संक्रमणबाट फैलिने रोगको प्रकोप विश्वभर ३६ घण्टामै फैलिएर ८ करोड मानिसको ज्यान लिन सक्ने चेतावनी अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञहरुले दिएका छन् । विश्व स्वाथ्य संगठनका पूर्वप्रमुखको नेतृत्वमा रहेको विश्वका उच्च तहका विशेषज्ञसहित टोलीले उक्त चेतावनी दिएको बेलायतीसञ्चार माध्यमहरुले बुधबार जनाएका छन् । बुधबार सार्वजनिक गरिएको ‘ए वल्र्ड एट रिक्स ९जोखिममा विश्व०’ प्रतिवेदनमा भनिएको छ, ‘सन् […]

झापामा भेटियो ५०० भन्दा बढी डेङ्गुका बिरामी, २ जनाको मृत्यु

३ महिना अडाडि देखा परेको डेङ्गु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेङ्गुका रोगी ५०० भन्दाबढी छन् । उनीहरुको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना […]

डेङ्गुबारे सन्त्रास होइन सचेत हुन सुझाव

डेङ्गु नियन्त्रण गर्न घरघरबाटै सरसफाइ अभियान सुरु गर्नुपर्ने सम्बन्धित विज्ञहरूले सुझाव दिएका छन् । हरेक मानिसको घरमा डेङ्गुको लार्भा हुर्कन सक्ने वातावरण भएकाले पहिले घरबाट लार्भा नष्ट गर्न विज्ञहरूले सुझाव दिएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। वासुदेव पाण्डेले डेङ्गुबारे सन्त्रास होइन, सचेत हुनुपर्ने र त्यसको सुरुआत घरघरबाटै हुनुपर्ने सुझाव दिए […]

एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण

एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन्। यसको खास उपचार नभएको उनीहरूको भनाइ छ। उनीहरूले एकै खालको भाइरसले दक्षिण एसियालीलाई संक्रमण गरेको उल्लेख गरेका छन्। ‘दक्षिण एसियाका अन्य मुलुकमा प्रभावित पारिरहेको र नेपालमा संक्रमण बढाइरहेको लामखुट्टेको भाइरस एउटै हो’, भारतका वरिष्ठ किटविज्ञ डा।बीएन नागपालले भने। लामखुट्टेको लार्भा नष्ट गर्नु […]

डेंगुको उपचारपछि घर फर्किए विशेषज्ञ डा रुइत, डेंगु नियन्त्रणमा संकलकाल घोषणाको माग

डेंगुको संक्रमण देखिए पछि अस्पताल भर्ना भएका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइत स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । डेंगुको संक्रमण देखिएपछि गत शुक्रबार नर्भिक अस्पताल भर्ना भएका डा रुइत बुधबार अस्पतालबाट डिस्चार्ज भएको उनका सहयोगी केदार आचार्यले जानकारी दिए । अस्पतालबाट डिस्चार्ज भए पनि डा रुइत तत्काल बिरामीको उपचारमा भने […]

गण्डकी प्रदेशमा पनि डेङ्गु, रोगीको सङ्ख्या एक हजार १४ पुगे

पोखरा । गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजार १४ पुगेको छ । तीमध्ये ७९४ पोखरा महानगरपालिकाका बिरामीका साथै तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीका गरी एक हजार १४ डेङ्गुबाट सङ्क्रमित भएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । ४१ दिनको अवधिमा सो सङ्ख्याका मानिस डेङ्गुबाट पीडित भएका हुन् । सोमबार साँझसम्म उक्त […]

भरतपुर अस्पतालमा ज्वरोका विरामी ह्वात्तै बढे, ज्वरो क्लिनिकबाट बिरामीको परीक्षण

चितवन । भरतपुर अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेपछि आजबाट ज्वरो क्लिनिक शुरु गरिएको छ । तीनवटा क्लिनिकबाट ज्वरोका बिरामीको परीक्षण थालिएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेपछि नियमित बहिरङ्ग सेवाले धान्न कठिन भएकाले सो क्लिनिक सञ्चालनमा ल्याइएको हो । उहाँका अनुसार एकै दिन बहिरङ्ग सेवामा नयाँ एक हजार […]

नेकपाका नेता बामदेव गौतमलाई पनि डेंगु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सचिवालय सदस्य वामदेव गौतमलाई डेंगु लागेको आशंका गरिएको छ । उनले सोमबार टेकु अस्पताल पुगेर डेंगु परीक्षण गराएका थिए । शनिबारबाट उच्च ज्वरो आएपछि डेंगुको आशंकामा उनी अस्पताल पुगेका थिए । केहि समयअगाडि सिंगापुर पुगेका गौतमलाई त्यहीबाट संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् । सिंगापुरमा […]