अवैध नशालु औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

भक्तपुर– किशोर र युवाहरुलाई लागुऔषधका रुपमा प्रयोग गर्ने नशालु अवैध औषधि बिक्री गरिरहेको अवस्थामा भेटिएपछि आज भक्तपुरको सूर्यविनायकमा एक औषधि पसलमा शिलबन्दी गरिएको छ । सूर्यविनायक नगरपालिकाले आज आकस्मिक रुपमा गरेको औषधि पसलको अनुमगनका क्रममा विभिन्न नामका अवैध औषधिसहित बरामद गरेपछि सूर्यविनाक नगरपालिका–६ पाण्डुबजारमा रहेको तेजस्वी फार्मेसी शिलबन्दी गरेको छ । नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी […]

वार्षिक पाँच सय बढी विद्यार्थी चिकित्सा शिक्षाका लागि विदेशिने तथ्यांक

काठमाडौं– चिकित्सा शिक्षाका लागि वार्षिक ५०० बढी विद्यार्थी विदेशिने गरेको पाइएको छ । हरेक वर्ष नेपालका पाँच मेडिकल कलेजमा पढ्ने विद्यार्थीबराबरको संख्या विदेशिने गरेको पाइएको हो । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा नेतृत्वको आयोगले आगामी १० वर्षसम्म मेडिकल कलेज खोल्न नहुने र विश्वविद्यालयले पनि थप सम्बन्धन दिन नपाउने सुझाव दिएपछि त्यस्तो अवस्था आएको हो […]

अस्पतालको शवगृहको गन्धले वातावरण प्रदूषित

फलेवास, पर्वत– जिल्ला अस्पताल पर्वतमा रहेको शवगृह व्यवस्थित बन्न नसक्दा अस्पताल परिसर मात्रै होइन शवगृह आसपासका घरमा पनि कुहिएका शवको गन्धले बसी नसक्नुको दुर्गन्ध फैलिने गरेको छ । पूर्वाधार बिनाको शवगृहमा शवलाई केही दिन सुरक्षित गरेर नबिग्रने र गन्ध नआउने किसिमले राख्न नसक्दा दुर्गन्धबाहेकका अरु समस्या पनि देखिएका छन् । गर्मी बढेसँगै जिल्ला अस्पताल, कुश्मा, […]

सय वर्ष पुरानो भक्तपुर अस्पतालको एउटै एम्बुलेन्स छैन

भक्तपुर– स्थापनाको एक शताब्दी पार गरिसकेको उपत्यकाकै दोस्रो जेठो सरकारी अस्पताल भक्तपुर अस्पतालमा एम्बुलेन्स सेवा छैन भन्दा पत्यार नलाग्ला तर वास्तविकता यही हो । वीर अस्पतालपछि ११५ वर्षअघि स्थापना भएको भक्तपुर अस्पतालले केन्द्रीय अस्पतालको मान्यता पाए पनि एम्बुलेन्स सेवा भने उपलब्ध गराउन सकेको छैन । भक्तपुर अस्पतालमा विगतमा एम्बुलेन्स सेवा उपलब्ध थियो । अस्पतालमा भएको […]

मुटु रोगी बालबालिकाको संख्या बढ्दै

जाजरकोट– सुगम ठाउँका बालबालिकाको तुलनामा जाजरकोटका बालबालिकामा मुटु रोगको समस्या सात गुणा बढी रहेकोे देखिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीको नेतृत्वमा जाजरकोट आएको चिकित्सकको टोलीले जिल्लाका करिब पाँच हजार बालबालिकाको मुटुको जाँच (स्क्रिनिङ) गरेको छ । ‘पाँचदेखि १५ वर्ष उमेर समूहका स्कुले विद्यार्थी र अन्य बालबालिकामा गरिएको परीक्षणको अवस्था हेर्दा जाजरकोटमा धेरै […]

मेडिकल कलेजको अवस्था नाजुक, विद्यार्थीको भविष्य अन्योलमा

जनकपुरधाम (रासस)– जानकी मेडिकल कलेज रमदैया भवाडी जनकपुरधामका कर्मचारी, चिकित्सक र विद्यार्थीको भविष्य अन्योलमा परेको छ । सो कलेजका कर्मचारी, चिकित्सक र विद्यार्थीप्रति कलेज व्यवस्थापन गम्भीर नभएका कारण सो अवस्था सिर्जना भएको हो । कलेजका कर्मचारी र चिकित्सकले १४ महिनादेखि तलब नपाएको र ५० महिनादेखि कर्मचारीको सञ्चयकोष भुक्तानी नगरिएका कारण कर्मचारी आन्दोलित भई कलेजका सम्पूर्ण […]

मेची आँखा अस्पतालले आँखाको नानी संकलन गर्‍यो

विर्तामोड (पास)– मेची आँखा अस्पतालले आँखा दान गरेका व्यक्तिको मरणोपरान्त आँखाको नानी संकलन गरेको छ । मृतकबाट संकलित आँखाको नानी आँखा नदेख्ने जीवित व्यक्तिलाई प्रत्यारोपण गरिने छ । यसरी प्रत्यारोपण गर्दा एक न्यून दृष्टियुक्त व्यक्तिले नयाँ संसार हेर्न पाउने छन् । अस्पतालले दमक–८ की ४४ वर्षीया सपना भट्टराईको देहान्तपछि आँखाको दुवै नानी निकालेर आँखा बैंकमा […]

सात वर्ष बित्यो तर बनेन स्वास्थ्य भवन

जाजरकोट– जाजरकोटको नलगाड नगरपालिका दल्ली प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य थालनी गरेको सात वर्ष बितिसके पनि निर्माण कार्य पूरा नहँुदा निर्माणाधीन भवन अलपत्र परेको छ । निर्माण कार्यको जिम्मा लिएका निर्माण कम्पनीका मालिक बीचमै काम छोडेर बेपत्ता भएका छन् । सरकारी लगानीमा निर्माण हुनथालेको भवनको काम बीचमै अलपत्र परेपछि राज्यको बजेट बालुवामा पानी खन्याएजस्तै […]

क्यान्सर रोग विरुद्ध सरकारले ठोस योजना ल्याउँछः मुख्यमन्त्री राउत

लहान (पास)– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सरको उपचारसँगै यो रोग लाग्नै नदिन सरकारले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्व धूमपानरहित दिवसका अवसरमा नेपाल अर्बुद रोग निवारण संस्थाले आज सिरहाको लहानमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘क्यान्सर रोग बढ्दै गएकाले यो रोग लाग्नै नदिने गरी सरकारले ठोस स्वास्थ्य योजना ल्याउनेछ […]

रोगले थलिएका डा. उपेन्द्र देवकोटालाई पत्र

श्रद्धेय डाक्टरसाहेब, असीम श्रद्धा  अचानक तपाईं उपचारको लागि बेलायत गएको खबरले हामी मर्माहत भएका थियौं । त्यो समयमा अनेक हल्ला चले । जस्तो, तपाईंलाई पित्तनलीको क्यान्सर भएको, पित्तथैलीको क्यान्सर भएको, प्यान्क्रियाजको क्यान्सर भएको, यहाँ उपचार सम्भब नभएकोले बेलायत गएको आदि । त्यसको केहि समयपछि पारिवारिक स्रोतलाई उधृत गर्दै उहाँलाई क्यान्सर नभएको, सामान्य जांचपछि आराम गरेको […]