लोकसेवा आयोगले माग्यो ३६० अधिकृत, सूचना हेर्नुहोस्

लोकसेवा आयोगले ३६० जना अधिकृतको माग गरेको छ । आयोगले बुधबार एक सूचनामार्फत खुला तथा समावेशी प्रतियोगितामार्फत नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । सूचनाअनुसार इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी पुस १४ दरखास्त दिने अन्तिम मिति तय गरिएको छ भने दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म पनि दरखास्त दिन सकिनेछ ।

लोकसेवाको लिखित परीक्षा सम्बन्धी सूचना हेर्नुहोस्

काठमाडौं । लोकसेवा आयोगले कोरोनाभाइरस (कोभिड–१९) का कारण स्थगित भएको परीक्षा पुनः संचालन गर्ने निर्णय गरेको छ । जसअनुसार आयोगले बुधबार एक सूचना जारी गर्दै शाखा अधिकृत र नायव सुब्बा पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ । आयोगको सूचनाअनुसार शाखा अधिकृतको हुन बाँकी विभिन्न पत्र र विषयको परीक्षा कात्तिक १८ देखि २७ गतेसम्म हुनेछ […]