सीमाका नेपाली भन्छन्; ‘खानापानी पाएका छैनौँ’

सुर्खेत– नेपाल–भारत सीमानाका बाँकेको जमुनाहमा पुगेका नेपालीहरूले दुई दिनदेखि खाना र पानी राम्रोसँग नपाएको गुनासो गरेका छन् । ज्याला मजदुरीका लागि भारत गएका नेपाली लकडाउन भएपछि नेपाल फर्कने क्रममा अलपत्र परेका थिए । १५ दिनअघि सीमा पुगे पनि त्यहाँबाट भारत फकाईएको सिमकोट गाउँपालिका–२ हुम्लाका वीरेन्द्र बोहोराले जानकारी दिए । “हामीलाई सीमाबाट फर्काइएपछि भारतको बाबागञ्जमा लिएर […]

लकडाउनयता रोल्पामा महिला यौन हिंसाका घटना बढ्यो

रोल्पा– लकडाउनयता जिल्लामा दुई जबर्जस्ती करणीका घटना भए । गत चैत २५ गते परिवर्तन गाउँपालिका ५ का ३० वर्षीय अर्जुन घर्तीले एक युवतीलाई जबर्जस्ती करणी गरेका थिए । अभियुक्त घर्तीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि अदालतको आदेशमा अहिले उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय का प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए […]

१७ महिने बालकमा कालाजार

बाजुरा– देशभर कोरोना भाइरसको जोखिम बढिरहेका बेला बाजुरामा भने कालाजार देखापरेपछि गाउँमा थप चिन्ता थपिएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं ५ गोत्रीका एक बालकलाई कालाजार देखिएको हो । पूर्वी–उत्तरी क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका लागि ल्याइएका जगन्नाथ गाउँपालिका गोत्रीका १७ महिने बालक देवीन्द्र बुढालाई कालाजार भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख […]

क्वारेन्टाइनमा बस्न नपाउँदै नदीमा बेपत्ता

मुगु– क्वारेन्टाइनमा राख्न लागिएका एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । मुगु जिल्ला खत्याड गाउँपालिका–१ बमकाँडा गाउँ घर भएका अन्दाजी ३५ वर्षीय गिर्मे भनिने प्रेम विक आइतबार नजिकै रहेको कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले बताएको छ । कामको सिलसिलामा भारत गएका उनीसहित ४८ जनाको टोली दार्चुला नाका हुँदै नेपाल आएको थियो । शनिबार […]

प्रतिकिलो नुनको मूल्य ६० रुपैयाँ ?

जाजरकोट– जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ । भर्खरै गाउँपालिकाको मुकाम लिम्सासम्म सडक पुगेको छ । लकडाउनले गर्दा त्यहाँ सडक पुगे पनि यातायातका साधन चल्न दिइएको छैन । यातायातको रूपमा रहेको गतिलो माध्यम घोडा, खच्चड भने निर्वाध चलिरहेका छन् । कुशे गाउँपालिकाको पाँचकाटिया हुँदै […]

भारतमा रोकिएका मजदुर घर फर्किन पाउँदा खुशी

घोडाघोडी– सुदूरपश्चिम प्रदेशको दार्चुलापारिको भारतीय सीमा धार्चुलामा एक महिना पाँच दिनदेखि अलपत्र रहेका कैलालीको घोडाघोडी नगरपालिकाका–११ शिसैयाका वीरसिहं विक नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा प्रवेश गर्दा निकै खुशी थिए । “ओहो भगवान् आफ्नो ठाउँ पुगियो” भन्दै आकाशतिर हेर्दै खुशी व्यक्त गरिरहेका वीरसिंहका आँखाबाट खुशीका आँसु झरिरहेको थियो । उनी सरकारले आफ्ना नागरिकलाई सुरक्षित तरिकाले घरसम्म ल्याउने […]

रोल्पामा चार बालबालिकाको बम बिष्फोटमा मृत्यु

रोल्पा– त्रिवेणी गाउँपालिका –७ गैरीगाउँमा आज अपराह्न भएको बेवारिसे बम विस्फोटनमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढा खोला नजीक गाईबाख्रा चराउन गएका बालबालिकाको बम विस्फोटमा ज्यान गएको हो । मृत्यु हुनेमा त्रिवेणी –७ का पाँच वर्षीय विजय खत्री, १४ वर्षीय लोकिराम डाँगी र ११ वर्षीया विमला खत्री तथा वडा नं ४ […]

कोभिड—१९ः भारतमा रहेका नेपाली बेरोजगार

धनगढी– सुदूरपश्चिम प्रदेशवासीको रोजगारीको मुख्य गन्तव्य स्थल भारत हो । कोभिड—१९को सन्त्राससँगै भारतमा गरिएको लकडाउनपछि विभिन्न क्षेत्रमा काम गरिरहेका हजारौं नेपाली बेरोजगार भएका छन् । भारतको नयाँ दिल्ली, मुम्बई, मद्रास, बैङ्गलोर, अहमदावाद, पञ्जाबलगायत ठाउँमा उद्योग, कलकारखाना, होटेल, गेष्टहाउस, ट्रान्सपोर्ट, खाना पकाउने (कुक) र सुरक्षा गार्डका क्षेत्रमा काम गरिरहेका नेपालीको रोजगारी गुमेको त्यहाँवाट फर्किएकाहरूले बताएका छन् […]

महाकाली तर्न रु ४० हजार भाडा

दार्चुला। भारतको पिथौरागढको मदकोट क्षेत्रमा काम गर्न गएका १६ जना नेपालीले महाकालीवारि नेपाल फर्किन ४० हजार खर्च गरेका छन्। महाकालीमा पौडिन नसकेपछि दार्चुला र बैतडीका मजदूरले प्रतिव्यक्ति दुई हजार ५०० रुपैयाँ नेपाली तिरेका छन्। तीन दिनदेखि मदकोटबाट भोकभोकै बालुवाकोट पुगेका उनीहरुले ट्युबमार्फत नेपाल पुर्‍याएको प्रतिव्यक्ति दुई हजार ५०० तिरेका हुन्। तीन दिन भारतको जङ्गलको बाटो […]

धार्चुलामा अलपत्र भएका नेपालीको अवस्था बुझ्न जनप्रतिनिधि दार्चुलामा

दार्चुला– गत चैत १३ गतेदेखि भारत पिथौरागढको धार्चुलामा अलपत्र परेका नेपालीलाई घर लैजान भन्दै बैतडी र बझाङका जनप्रतिनिधि दार्चुलामा छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली मजदुरको उद्धार हुने र सवारी साधन लिएर आउनुभनेपछि जनप्रतिनिधि दार्चुला पुगेका हुन् । धार्चुलाका क्वारेन्टाइनमै एक महिनासम्म बस्दा पनि अझै उनीहरूको उद्धार भने अनिश्चित छ । “प्रशासनको सूचनाका आधारमा […]