किट अभावले शङ्कास्पद व्यक्ति परीक्षणबिनै फर्कँदै

जाजरकोट– जिल्लाको शिवालय गाउँपालिकामा विदेशबाट आएकालाई कोरोना परीक्षणका लागि बोलाएर किट सकिएको भन्दै फिर्ता पठाइएको छ । कोरोना परीक्षणका लागि शिवालय गाउँपालिकामा पुगेका १७ जना किट अभावमा परीक्षणबिनै फर्कन बाध्य भएका छन् । गाउँपालिकाले भारत र अन्य मुलुकबाट हालै आएकाको कोरोनाको द्रुत खोज परीक्षण गर्नका लागि सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो । परीक्षणका […]

झुलाघाटमा दुई सय नेपाली अलपत्र

बैतडी– भारतबाट फर्किन लागेका दुई सय जना नेपाली नागरिक झुलाघाट सीमानामा अलपत्र परेका छन् । गएको तीन दिनदेखि लकडाउनका कारण उनीहरू बैतडीसँग सीमा जोडिएको भारतको झुलाघाट बजारमा अलपत्र परेका हुन् । बैतडीको दशरथचन्द नगरपालिका–१, गुरुखोला, घर भएका गजेन्द्र भट्टले आफुहरू तीन दिनदेखि झुलाघाटमा अलपत्र अवस्थामा रहेको बताए । भट्टले भारतमा पनि लकडाउन भएका कारण भारतीय […]

बर्दियामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

समुदाय प्रहरी साझेदारी अन्तर्गत ‘समानताको पुस्ता, बलात्कार बिरुद्ध एक्यबद्धता’ भन्ने मूल नाराकासाथ राजापुर नगरपालिकामा बृहत र्यानली मंगलबार सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाको आयोजना र राजापुर नगरपालिकाको सहकार्यमा शुरु भएको उक्त र्या ली राजापुर बजार परिक्रमा गरी राजापुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । यालीमा ‘हिंसा हुने कारणहरु, लैङ्गिक हिंसा अपराधको […]

जोखिममा रहेका ३७६ बालबालिकाको उद्धार

वीरेन्द्रनगर । एक वर्षको अवधिमा सुर्खेतमा जोखिमपूर्ण अवस्थामा रहेका ३७६ बालबालिकाको उद्धार गरिएको छ । जबरजस्ती विवाह, घरेलु हिंसा, यौन दुव्र्यबहार, बेचबिखन र ओसारपसारजस्ता विभिन्न कारणबाट जोखिममा रहेका बालबालिकाको उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकामध्ये बालिकाको सङ्ख्या बढी रहेको पाइएको छ । महिला तथा बालबालिकामाथि हुने हिंसा विरुद्ध काम गर्दै आएको गैरसरकारी संस्था आवाजका […]

बडिमालिकाको धार्मिक यात्रा शुरु (फोटो फिचर)

बाजुरा– सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिका धार्मिक यात्रा शुभारम्भ भएको छ । साउन २९ गते जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने मेलाका लागि धार्मिक यात्रा शनिबारबाट औपचारिक शुभारम्भ भएको हो । सरकारी टोलीे आज बिहानदेखि जिल्लाबाट बडिमालिकाका लागि प्रस्थान गर्ने प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए । बडिमालिका मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गरेको छ […]

धनगढीमा शक्तिशाली विष्फोट, पाँच घाइते

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा आज साँझ विष्फोटन हुँदा पाँच जना घाइते भएका छन् । आज साँझ ६ः४५ बजे स्थानीय निलम होटेलमा विष्फोटन हुँदा होटेल सञ्चालक केशवराज पाण्डेय घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । विष्फोटमा परी बझाङ घर भएका रामसिंह र ठेगाना खुल्न नसकेका लक्ष्मण सेरेला, मोबिन खान, जीतेन्द्र […]

अब नेपालमा किसानलाई पेन्सन दिइने

बाजुरा– जिल्लाको बुढीगङ्गा नगरपालिकाले किसानका लागि आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताए । ढिलो गरी नगरसभा सञ्चालन गरेको बुढीगङ्गा नगरपालिकाले जिल्लामै उत्कृष्ट र नमूना नीति तथा कार्यक्रम समावेश गरेको भन्दै सामाजिक सञ्जालबाटै प्रतिक्रिया आउन थालेका छन् । देशमै किसानलाई पेन्सनको सुविधा दिने […]

छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस भएर ढले

लम्की- कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ । बिहानीको विद्यालय समयमा छात्राहरू बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन् । कक्षा ७ र ८ मा अध्ययनरत १३ देखि १८ वर्ष उमेर समूहका १२ छात्रा सोमबार बेहोस भएका हुन् । उनीहरूको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार […]

भारतको धौलीगङ्गा बाँध खोलियो, बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिक सतर्क रहन आग्रह

बैतडी— भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गए रातिदेखि खोलिएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार गए राति १२ बजेदेखि बाँध खोलिएको हो । बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले आग्रह गरेका […]

ऋण तिर्न नसक्दा वादीहरु बिचल्लीमा

बझाङ– पढाइ, घर खर्च र विवाह गर्दा जयपृथ्वी नगरपालिका–१० चैनपुरका सुरेन्द्र वादीले स्थानीय लक्ष्मी सुनारबाट १० वर्ष अगाडि लिएको रु ३० हजार ऋण तिर्न नसक्दा साहुले घरमा ताला लगाइदिएपछि अहिले उनी अरुको घरमा बस्न बाध्य भएका छन् । साँवाब्याज जोडेर उनले रु ७३ हजार साहुलाई तिर्न बाँकी छ । ऋण तिर्न नसकेर साहुले घरमा ताला […]