खप्तड आउने पर्यटक बढे

डोटी– भूस्वर्गका रुपमा चिनिने सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटकको आगमन उल्लेख्य रुपमा बढेको छ । यहाँका हराभरा लेक, तालतलैया र आनन्ददायी बासस्थानले पर्यटकलाई लोभ्याउने गरेको छ । यहाँ बाह्यभन्दा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । खप्तड क्षेत्रमा यस वर्ष बाक्लो हिमपात भए पनि पर्यटक घटेन । डोटी उद्योग वाणिज्य […]

यो वर्षको यार्सागुम्बा अझै बिक्री भएन

दार्चुला– दार्चुलामा यो वर्ष यार्सागुम्बा बिक्री भएको छैन । व्यवसायीले खरीद गरिएका यार्सागुम्बा अझै बिक्री हुन नसकेको हो । गत असारदेखि भदौसम्म खरीद गरिएका यार्सागुम्बामध्ये दुई क्विन्टल बढी अझै बिक्री हुन सकेको छैन् । बिक्री नहुँदा व्यापारी र सङ्कलक दुबै समस्यामा परेका छन् । स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेका यार्सागुम्बा बिक्री नभएपछि हातमुख […]

प्रहरी आउँदा गाउँले किन लुके ?

बाजुरा– गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुके । केही महीनाअघि आएर बसेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हंशराज जोशीको टोलीलाई मदिरा व्यवस्थापन पछिको अवस्था बुझ्नका लागि उक्त गाउँपालिकाले गत सोमबार सुक्ष्म अनुगमनमा अन्द्राडी पठाएकामा स्थानीयवासी डरले लुक्न पुगेका थिए । प्रहरीलाई देखेपछि कोही पनि घरबाट निस्केनन् भने घर बाहिर रहेका समेत […]

बैतडीको दोगडाकेदार गाँउपालिकाले टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता दिने

बैतडी– बैतडीको दोगडा केदार गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता दिने भएको छ । टुहुरा बालबालिकालाई पढाइमा आर्थिक अभाव नहोस् भनेर मासिक दुई हजार भत्ता दिन लागिएकोे गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । उनले भनिन्, ‘टुहुरा बालबालिकाले आमाबुबा गुमाएको महसुस नगरुन र उनीहरुको पढाइमा कुनै पनि किसिमको समस्या […]

प्रदेश ७ मा कमजोर मनसुनले धानबाली सुक्न थाले

धनगढी– यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ । आकासको पानीको भरमा धान रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो । रोपिएको धानमा पानीको अभाव सिर्जना भएपछि खेतमा चिरा पर्न थालेको स्थानीय किसान जंगवीर चौधरीले बताए । ‘बोरिङबाट पानी […]

गरीब परिचयपत्र वितरण शुरु

धनगढी– धनगढी उपमहानगरपालिकाले शुक्रबारदेखि सबै वडामा गरीब घर परिचयपत्र वितरण शुरु गरेको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिका–१ शान्ति टोलकी गंगादेवी कोलीलाई रातो रङको (अति गरीब), मुक्तकमैया शिविरकी मैनादेवी चौधरीलाई पहेँलो रङको (मध्यम गरीब) र सहवीर चौधरीलाई (सामान्य गरीब) नीलो रङको परिचयपत्र वितरण गरी परिचयपत्र वितरण गर्दै गरीब घर परिचयपत्रका आधारमा राज्यले भविष्यमा सेवासुविधा […]

धनगढीलाई ‘नमूना शहर‘ बनाउन अध्ययन शुरु

धनगढी– न्यू आइटी भेञ्चर पब्लिक लिमिटेडले धनगढीलाई भ्यू टावरसहितको नमूना शहर (मोडेल टाउन)निर्माण गर्नेबारे अध्ययन शुरु गरेको छ । धनगढीलाई ‘स्मार्ट सिटी’ बनाउने योजनाअन्तर्गत नमूना शहर निर्माणको पहल थालिएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । झण्डै एक अर्ब ५० करोडको लगानीमा नमूना शहर निर्माण गर्नेबारे अध्ययन थालेको न्यू आइटी भेञ्चरका कार्यकारी अधिकृत कमल अधिकारीले […]

महाकालीमा पानीको बहाव बढ्यो, नदी किनारका बस्तीमा त्रास

दार्चुला– लगातार तीन दिनदेखि पानी परिरहेको र महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदी किनारका बस्तीमा त्रास फैलिएको छ । २०७० सालको बाढीले त्रसित बनेका नदी किनारका बस्तीमा महाकालीमा पानीको बहाव बढेसँगै त्रास फैलिएको हो । पानी पर्ने क्रम नरोकिएकाले महाकालीमा पानीको बहाव अझै बढ्दै जाने अनुमान गरिएको छ । नदीमा पानीको बहाव सोमबार बिहान […]

वर्षाले नेपालगञ्ज जलमग्न,सर्तकता अपनाउन प्रशासनको आग्रह

खजुरा, बाँके– आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ । निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ । पानी जमेपछि बिहानै विद्यालय तथा कलेज जाने विद्यार्थी जान सकेका छैनन् भने पैदलयात्रीलाई अप्ठेरो भएको छ […]

देउवा भन्छन्, अन्तरघात गरेर चुनाव हराउनेलाई कारबाही हुन्छ

धनगढी– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा अन्तरघात गर्नेहरूलाई कारबाही गरेर पार्टीको संगठनलाई पहिलेको अवस्थामा नपु¥याएसम्म विश्राम नलिने बताएका छन् । नेपाली कांग्रेस कैलालीको आज यहाँ प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले चुनावमा पार्टीभित्रैबाट अन्र्तघात भएकै कारण गएको निर्वाचनमा पार्टीले पराजय व्यहोरेको भन्दै अन्तरघातीलाई कुनै पनि हालतमा छुट नदिने स्पष्ट पारे । सभापति […]