नेपालगञ्ज गोल्डकपको तयारी पुरा

नेपालगञ्ज– टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकपको तयारी पूरा भएको छ । बाँके जिल्ला फुटबल संघले नेपाल राष्ट्रिय आदर्श निमावि, डीगाउँको खेल मैदानमै पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगितामा ६ वटा टीमको सहभागिता रहने जानकारी गराए । नेपालगञ्ज–११, सशस्त्र प्रहरी बल, लाल रुपन्देही–११, सुदूरपश्चिम–११, सरस्वती क्लव र सिएमजी […]

कर्णाली नदीमा साहसिक जलयात्रा

धनगढी (रासस)– कैलालीको पर्यटकीय क्षेत्र चिसापानीको कर्णाली नदीमा शुक्रबार एक साथ झण्डै ९०० पर्यटकले जलयात्रा गरेका छन् । कैलाली भ्रमण वर्ष २०७५ मनाउने क्रममा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गोदावरी च्याम्बर अफ कमर्शद्वारा कर्णाली नदीमा आयोजित साहसिक जलयात्राको नेपाल र भारतका पर्यटकले आनन्द लिए । कर्णालीको कुइनेबाट दक्षिणतर्फको चिसापानीसम्मको भागसम्म जलयात्रा गरिएको थियो । नेपालको […]

बाजुराको दुर्गम क्षेत्रका स्थानीयबासी झरोको भरमा रात काट्दै

बाजुरा– बाजुराका अधिकांश स्थानीय तहका स्थानीयवासी सल्लाको रुखबाट निकालिएको झरो बाल्न बाध्य भएका छन् । स्थानीय तहको निर्वाचन भएको एक वर्ष बित्न लाग्दा पनि जनप्रतिनिधिले कुनै काम नगरेको भन्दै स्थानीयवासी आक्रोशित बन्दै गएका छन् । जिल्लाको दुर्गम क्षेत्रमा रहेको हिमाली गाउँपालिकाका करीब ९१ प्रतिशत स्थानीयबासी अझै झरो बाल्नुपर्ने वाध्य भएका छन् । जिल्लाका नौवटै स्थानीय […]

बस दुर्घटना हुँदा १४ जना घाइते, राजमार्ग अवरुद्ध

बैतडी (पास)– बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् । बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि पछाडि(ब्याक) हुन गई सडकबाट १० मिटर तल सडकको अर्को घुम्तीमै खसेको थियो । बसबीच सडकमै खसेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दशरथचन्द राजमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका […]

च्याउबाट मनग्य आम्दानी

धनबहादुर भण्डारी, डडेल्धुरा– अधिकांश युवा कामको खोजीका लागि विदेश भौँतारिइरहेका बेला डडेल्धुराका केही युवाले भने च्याउ खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । च्याउ खेतीबाट यी युवा अहिले मासिक रु एकदेखि दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् । दैनिक ८० देखि १०० किलो च्याउ स्थानीय बजारदेखि जिल्ला सदरमुकाममा बिक्री गरिरहेको च्याउखेतीमा लागेका गन्यापधुरा–१ अशिग्राम, […]

अछाम दरबार निर्माणमा लापरवाही

अछाम– माओवादी द्वन्द्वका बेला ध्वस्त भएको अछाम दरबार पुनर्निर्माणमा लापरवाही देखिएको छ । विसं २०५८ मा माओवादीले आगजनी गरी ध्वस्त हुन पुगेको दरबार पुनःनिर्माणको काम २०६५ मा शुरु भएको हो । ठेकेदारको ढिलासुस्ती र अन्य कारणबाट निर्माण कार्य सात वर्ष अवरुद्ध हुन पुग्यो । गत भदौमा पुनः शुरु भएको निर्माण कार्य यतिबेला फेरि रोकिएको छ […]

अढाई प्रतिशत बालबालिका अझै विद्यालयबाहिर

दार्चुला (पास)– विद्यालय उमेर समूहका दुई दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर रहेको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाका १ देखि ५ वर्ष विद्यालय भर्ना हुने उमेर समूहका बालबालिका अझै पनि विद्यालयबाहिर रहेको कार्यालयको तथ्यांकमा छ । नेपालभरिमा नै विद्यार्थी भर्ना दर ९७ दशमलब दुई रहेकामा जिल्लाको विद्यार्थी भर्ना दर केही माथि रहेको […]

वर्षौंदेखि चलन भोग गर्दै आएको जग्गा भारतमा देखाईएपछि स्थानीय चिन्तित

कञ्चनपुर (रासस)– नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखाइएको छ । संयुक्त सीमा सर्भे टिमको नक्सांकनमा भुडाको १५ बिगाहासम्म जमिन भारतमा देखाइएको छ । भारतमा परेका जमिनमा स्थानीयले जग्गाधनी पूर्जा बनाएर वर्षौंदेखि भोगचलन गर्र्दै आएका छन् । भारतीय सीमा कम्बोजनगर छुट्याउने ३४ नम्बर […]

बेचिएको चेली १७ वर्षपछि छोरा लिई घर फर्किइन्

कञ्चनपुर– भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी ३२ वर्षीया तारा कामीले आफू घर फर्कने कुरा सपनामा समेत चिताएकी थिइनन् ।पन्ध्र वर्षकै कलिलो उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत नशालु पदार्थ खुवाएर सशस्त्र द्वन्द्वको मौका छोप्दै विसं २०५८ मा दलालहरुले अपहरण गरी उनलाई भारत पु¥याएर बेचेका हुन् । ‘यहाँबाट लगेपछि कोठामा थुनेर राख्थे, […]

बोक्सी आरोपमा युवतीलाई ज्यादति गर्ने भोलेबाबासहित ६ जनालाई जेल

धनगढी –कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा युवतीलाई कुटपिट गर्ने घटनामा संलग्न ६ जनालाई जिल्ला अदालतको आदेशबमोजिम पुर्पक्षका लागि आज कारागार चलान गरिएको छ।घोडाघोडी नगरपालिका—५ देउकलिया गाउँकी राधा चौधरीमाथि बोक्सी आरोपमा २४ फागुनमा निर्घात कुटपिट भएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार पुर्पक्षका लागि कारागर पठाइएकामा अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई साथ दिने भनिएका […]