वडाध्यक्ष नै मानव बेचबिखनमा, वडाध्यक्षलाई ३७ वर्ष कैद

नुवाकोट (पास)–दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो । तामाङसहित उनका सहयोगीहरु सोही स्थानका शुकमान लामालाई ३२ […]

आजदेखि शुरु भएको एसइई परीक्षामा चार लाख ८५ हजार सहभागी

भक्तपुर (पास)– माध्यमिक शिक्षा परीक्षा (एसइई) आज शान्तिपूर्ण रुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन भएको छ । आज बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्ण रुपमा सञ्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ । यसवर्ष परीक्षामा अनिवार्य विषयतर्फ […]

प्रदेश ३ को राजधानी हेटौंडा नै स्थायी हुने प्रचण्डको भनाई

हेटौँडा– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं. ३ को राजधानी हेटौंडा नै स्थायी हुने बताएका छन् । प्रेस सेन्टर मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रदेशको १३ जिल्लामध्ये राजधानीका लागि हेटौंडा नै सबैभन्दा उपयुक्त स्थान रहेकाले बाहिर प्रचारमा आए जस्तो यहाँबाट प्रदेशको राजधानी नसर्ने बताए । अध्यक्ष दाहालले प्रदेशको […]

पूर्व अर्थमन्त्री महतलाई बोतल हान्ने पक्राउ

नुवाकोट (पास)– पूर्व अर्थमन्त्री डा रामशरण महतमाथि बोतल प्रहार गरी दुव्र्यबहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य महतलाई पानीको बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरि खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । […]

तोकियो स्थानीय जनप्रतिनिधिको तलब सुविधा

हेटौँडा–प्रदेश नं ३ का सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको छ ।प्रदेश नं ३ को मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको हो । स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधा सम्बन्धी विधेयक बैठकबाट पास गरेर संसद्मा पेश गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए। प्रदेश नं ३ का […]

भूकम्पपीडित किसानका लागि राहत कार्यक्रम

चितवन– चितवनका भूकम्पपीडित किसानका लागि रु ३० लाख बराबरको राहत कार्यक्रम सञ्चालनमा ल्याइएको छ । जिल्लाका भूकम्पपीडितका लागि विभिन्न कृषि कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गत राहत कार्यक्रम सञ्चालनमा ल्याइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । उक्त कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समितिले समेत पारित गरिसकेको र किसानको निवेदन लिने काम सकिएको कार्यालयका वरिष्ठ […]

आगलागीबाट एकको मृत्यु

चौतारा– सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित स्वाँरा गाँउमा आगलागीबाट एक युवकको मृत्यु भएको छ ।गएराति ९ बजेतिर भएको आगलागीमा स्थानीय रेशम सार्कीको मृत्यु भएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । भूकम्पपछि संस्थाले बनाई दिएको अस्थायी टहरोमा एक्लै सुतिरहेको अवस्थामा आगलागी भएको थियो । मृतक धूम्रपान गर्ने भएकाले चुरोटको ठुटोबाट आगो सल्किएको हुनसक्ने प्रहरीले आशंका गरेको […]

पढ्नलाई लालीगुराँस बेच्दै बालबालिका

मकवानपुर– मकवानपुरको कुलेखानीस्थित सुगौराकी सोनी तामाङ फाखेलको कालिका सेकेन्डरी स्कुलमा कक्षा २ मा पढ्छिन् ।गाउँमा तीन कक्षा पढेर उनी फाखेलमा दुईमा भर्ना भएकी हुन् । काठमाडौँ–हेटौँडा सडकखण्डअन्तर्गत कुलेखानी नजिकै सडक छेउमा उनको एक डोका लालीगुराँस छ । हातमा लालीगुराँस बोकेर ओहोरदोहोर भएका गाडीतिर दौडँदै थिइन् सोनी । कति गाडीका यात्रुले गुराँस किनेर लग्थे भने कतिले […]

सिरियामा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

चितवन– सिरियामा भइरहेको नरसंहार र बमबारीको विरोध तथा मृतकको सम्झनामा चितवनमा दीप प्रज्वलन गरिएको छ ।नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले चितवनको भरतपुरस्थित चौविसकोठीमा उक्त घटनाको विरोध गर्दै मंगलबार साँझ मृतकको सम्झनामा दीप प्रज्वलन गरेको हो । उनीहरूले सिरियामा भइरहेको पछिल्लो आक्रमणको विरोधसमेत गरेका थिए । शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघले ध्यान दिनुपर्ने विद्यार्थीको भनाइ […]

वातावरण प्रदूषित बनाउँदै इँटा भट्टा

धुलिखेल– इँटा भट्टा सञ्चालन गरेका कारण धुवाँ र धुलोले ढाक्न थालेपछि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको मुख्य बजार भकुण्डेको वातावरण प्रदूषित हुँदै गएको छ ।उब्जनी हुने फाँटमा इँटा भट्टा सञ्चालनमा आएपछि नमोबुद्ध नगरपालिका– २, ३, ४ र ७ मा धुलो र धुवाँले असर गर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीयवासी शंकर दंगाल इँटा भट्टामा सामान ओसार्न […]