के होला त जडीबुटीमा ‘अण्डर पास’ ?

काठमाडौँ– काठमाडौँ उपत्यकाको बढी जाम हुने मध्ये स्थानमा पर्ने जडीबुटीमा ‘अण्डर पास’ निर्माणमा सरकारले चासो देखाएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अण्डरपास निर्माण चाँडो शुरु नगरे सरकार आफैँले शुरु गर्ने तयारी थालेको छ । यसअघि नै जाइकाले यस स्थानमा ‘अण्डरपास’ निर्माणको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको छ । माइतीघरदेखि सूर्यविनायकसम्म छ लेन सडक विस्तार […]

के तपाईँलाई साउने सङ्क्रान्तिको महत्व थाहा छ ? किन साउन महीनाभर पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ ?

काठमाडौँ– सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रूपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने […]

मध्यपहाडी लोकमार्ग भासियो

बलेवा– मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिवाङ सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा बनेको कृत्रिम ताल आसपासमा सडक भासिएको छ । सो ठाउँमा पहिरोसमेत खसेको छ । वर्षासँगै तालमा पानीको मात्रा बढेपछि मध्यपहाडी लोकमार्ग लगातार कटान भइरहेको छ । कतिपय स्थानमा सडक भासिन थालेको छ । कृत्रिम ताल फुट्न सक्ने खतरा रहको स्थानीयवासीले बताएका छन् । पहिरोका […]

उपत्यकामा आधाभन्दा बढी गाडी प्रदूषित धुवाँ फ्याँक्ने

काठमाडौँ– काठमाडौँ उपत्यकामा प्रदूषित धुवाँ फ्याँक्ने गाडी (प्रदूषण मापनमा असफल अर्थात फेल भएका गाडी) आधाभन्दा बढी चल्छन् । मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भए पनि प्रदूषण फेल भएका गाडी चलाउने चालकमाथिको कारवाही न्यून आर्थिक दण्डमा मात्रै सीमित छ । उसले एक हजार तिरेर मर्मतसम्भार गरी ठीक बनाएपछि हरियो स्टिकर पाउने व्यवस्था छ । हरियो स्टिकर […]

त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा अनियमितताको पराकाष्ठा, पासलाई फेल फेल भएका आफ्नालाई पास

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अनियमितताको पनि हद नाघेको जनाएको छ । एक जना परीक्षार्थीको प्रथम पत्रमा १७ र तृतीय पत्रमा १६ अङ्क थपेर पास गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा चार अङ्क थपेर पास गराएको, अर्को परीक्षार्थीको तृतीय पत्रमा १४ अङ्क थपेर मेरिटमा ल्याएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ६ अङ्क […]

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा समस्यै समस्या

काठमाडौँ- इञ्जिनीयरिङ अध्ययन गर्न चाहने विद्यार्थीको आकर्षणको केन्द्रका रूपमा रहेको पुल्चोक इञ्जिनीयरिङ क्याम्पस समस्याग्रस्त बनेको छ । पर्याप्त जनशक्तिको अभाव र आर्थिक अभावले क्याम्पस समस्यामा परेको प्रशासनले जनाएको छ । क्याम्पसमा कार्यरत जनशक्ति उमेर हदबन्दीका कारण अवकाश लिइरहेको तर तुरुन्त नयाँ नियुक्ति गर्न नसकिएको सहायक क्याम्पस प्रमुख शिवकृष्ण दुवाले बताए । त्रिभुवन विश्वविद्यालयले समयमा नै […]

देउमाई नगरपालिकाले मिर्गाैला पीडितलाई मासिक भत्ता दिने

इलाम- इलामको देउमाई नगरपालिकाले मिर्गाैला रोगीलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । मिर्गौलाले काम नगर्ने भएर प्रत्यारोपण गराएका बिरामीलाई नगरपालिकाले निर्वाह भत्ता दिने भएको हो । नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले सो भत्तास्वरुप मासिक रू तीन हजार ५०० आगामी साउन महीनादेखि उपलब्ध गराउने जानकारी दिए । “साउन शुरुदेखि नगरभित्र मिर्गौला रोगीको तथ्याङ्क सङ्कलन गरिने छ । […]

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

काठमाडौँ – नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो । मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै पूर्ण सक्रिय हुन् तीन/चार दिन लाग्ने जल […]

बाघको जुँगा उखेल्नेलाई पाँच लाख

राजापुर- मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन । तर वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महङ्गो पर्छ । बर्दिया जिल्ला अदालतले हालैको आफ्नो फैसलामा यसको पुष्टि गरिएको छ । गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखेलर घरमा लुकाएको आरोपमा रु पाँच लाख जरिवाना तिर्नुपरेको छ । उनलाई बाघ […]

ज्यान हत्केलामा राखेर भिर मौरीको शिकार

बेनी- गुर्जा हिमालबाट बग्दैआएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरू जम्मा भएका छन् । उनीहरू सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ छ । करीब ५०० मिटर अग्लो पहाडमा एकजना पुरुष डोरीको भ¥याङको सहायताले पहाडको टुप्पोबाट तलतिर ओर्लंदै छन् । पहाडको टुप्पोमा केही युवक छन् । पहाडको टुप्पोबाट भिरतर्फ झर्दै गरेका ती पुरुष गुर्जाकै मह शिकारी […]