पानी माग्दै देवताको शरणमा स्थानीयवासी

जाजरकोट- लगाएको बाली खेतबारीमै सुक्न थालेपछि डोल्पाका किसान पानी माग्दै देवताको शरणमा पुगेका छन् । बाली लगाएदेखि अहिलेसम्म पानी नपर्दा मकै, धान सुक्न थालेपछि यहाँका किसानले चर्चित श्रीवाला त्रिपुरासुन्दरी मन्दिरमा पुगेर बलिसमेत चढाएका छन् । लामो खडेरी भई बाली सुकेपछि श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरबाट बाजागाजा शङ्खध्वनिसहित भगवतीको निशान निकालेर जलजात्रासमेत गरेको स्थानीय पूर्णचन्द्र न्यौपानेले बताए […]

छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस भएर ढले

लम्की- कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ । बिहानीको विद्यालय समयमा छात्राहरू बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन् । कक्षा ७ र ८ मा अध्ययनरत १३ देखि १८ वर्ष उमेर समूहका १२ छात्रा सोमबार बेहोस भएका हुन् । उनीहरूको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार […]

जीप दुर्घटनामा छ घाइते एकको अवस्था चिन्ताजनक

डोटी- जिल्लाको पश्चिमी क्षेत्रस्थित आदर्श गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा छजना घाइते भएका छन् । उक्त गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गरेको से १ च ९१७ नं को जीप गजेडा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घाइते छमध्ये चालक कटक सितालको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक […]

बुद्धशान्तिले २५ श्ययाको अस्पताल बनाउने

भद्रपुर- झापाको बुद्धशान्ति गाउँपालिकाले २५ शय्याको अस्पताल निर्माण गर्ने भएको छ । निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजनसमेत गरेको छ । गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले आगामी आर्थिक वर्ष २०७६/०७७ मा अस्पताल बनाउन रु. ५० लाख विनियोजन गरेको जानकारी दिए । चालू आवमा आवमा यही शीर्षकमा रु.३० लाख बजेट छुट्याइएको थियो । इलामको पहाडी र झापाको समथर […]

दलित–दलितबीचमै पानी बाराबार

मार्तडी- दलितलाई गैरदलित उत्पीडन, विभेद र खानेपानीका धारासमेत छोइछिटो हाल्नेप्रति विरोध जनाउँदै आएका छन् । गैर दलितभन्दा पनि दलित–दलितबीचको ठूलो विभेदको रहस्य बाहिर नआउँदा खासै चर्चा पाएको छैन । लोकतान्त्रिक गणतन्त्रमा गैर दलितले दलितले दिएको पानी खाने भए पनि एक दलित अर्को दलितले छोएको पानीसमेत खाने गरेका छैनन् । जिल्लाका पुस्तौँदेखि मान्दै आएका रीतिरिवाज संस्कृति […]

किसानका आँखा अझै आकासतर्फ

काठमाडौँ- औपचारिक रुपमा आइतबारदेखि नेपालमा धान रोपाइँ शुरु हँुदैछ । भोलि असार १५ दही चिउरा खाने दिन । चिउरा धानबाट तयार गरिने परिकार अर्थात नेपालीको प्रमुख खाद्यान्न बाली धानको महिमा र महत्व मुलुकको अर्थतन्त्रसँग पनि जोडिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यसवर्ष “धानखेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण” भन्ने मूलनाराका साथ बर्दियाको […]

काठमाडौंको फोहर हप्ता दिनदेखि नउठ्दा राजधानीमा दुर्गन्ध फैलँदै

काठमाडौँ- उपत्यकाका नदीलगायत चक्रपथ सफाइ अभियान निरन्तर जारी रही स्वच्छ राजधानी बनाउन सहयोग पुगेपनि हप्ता दिनदेखि फोहर नउठ्दा दुर्गन्धित बनेको छ । फोहर नउठ्दा राजधानीका चोक चोकमा थुप्रो जम्मा भएको छ । वर्षायाम भएकाले फोहरका कारण संक्रामक रोग फैलन सक्ने भय उत्पन्न भएको छ । राजधानीको सडकमा निस्कन सक्ने अवस्था छैन । नुवाकोट जिल्ला ककनी […]

खलो प्रथा र यसभित्रको कथा पनि खल्लो

रुकुमपूर्व -करीब पाँच दशकदेखि फलाम पिट्दै आएका सिस्ने गाउँपालिका–१ का राजु कामीलाई खलो प्रथाबाट परिवार पाल्न मुस्किल भएको छ । आफूले १५ वर्षको उमेरदेखि नै पलाम पिट्न थालेको बताउने उनले फलामका भाँडा बनाएबापत स्थानीय बासिन्दाले आफूलाई वर्षमा प्रतिघर चार पाथी अन्न दिँदै आएको बताए । वर्षभरि फलाम पिटेर प्रत्येक घरबाट दुई पाथी गहुँ र दुई […]

भोलि असार १५, दही च्यूरा खाएर र धान रापेर मनाइँदैछ

काठमाडौं- मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महीनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ […]

सेफ्टीट्याङ्की निर्माण गर्दा चारको मृत्यु

उर्लाबारी- मोरङको सुनवर्सी नगरपालिका–९ डायनियास्थित मुस्लिम बस्तीमा रहेको मस्जिदको सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा आज बेलुका चार मजदुरको मृत्यु भएको छ । निर्माणाधीन सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा उनीहरु बेहोस भएकामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा सुनवर्सी नगरपालिका–९ बस्ने २० वर्षीय मोहमद फिरोज आलम, सोही ठाउँका २५ वर्षीय सहनवाद आलम, ४५ […]