१३ वर्षमै गर्भपतन !

स्याङ्जा– जिल्लामा बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या बढदै गएको छ । नेपालको कानूनमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । तर बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या यहाँ बढ्दै गएको पाइन्छ । गर्भपतन गराउनेमा विवाहित मात्रै नभएर अविवाहित पनि आउने गरेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमी रेनुका शर्माले […]

२० करोड लागतको सडकमा बलौटे माटोले झारा टार्दै

भजनी– टीकापुर नगरपालिकाको जमरा पुलदेखि बसपार्कसम्म रु २० करोड लागतमा निर्माणाधीन छ लेन सडकको काम गुणस्तरीय हुनेमा स्थानीयवासीले शङ्का व्यक्त गरेका छन् । रमण केएस जेभीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी दुई दशमलव तीन किलोमिटर सडकको काम थालेको छ । निर्माण पक्षले सडकमा माटो पटानीको काम थालेको छ । उसले बलौटे माटो प्रयोग गरेका […]

आज दिउँसो १२ बजे कर्णाली नदीमा खसेको जिप अझै फेला परेन

काठमाडौं– आज दिउँसो करिब १२ बजेर १४ मिनेट जाँदा लु १ ज ७१६६ नम्बरको जिप बेडुबिसौना भन्ने ठाउँमा दुर्घटना भई कर्णाली नदीमा खसेपछि अहिलेसम्म फेला परेको छैन । प्रहरी र नेपाली सेनाको टोलीले नदीमा खोजि जारी राखेपनि जिप फेला नपरेको हुम्लाका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताए। ‘दुर्घटना भएको ठाउँ एकदमै विकट छ। कर्णाली नदीको […]

पत्रकारलाई यातायात भाडामा ५० प्रतिशत छुट

रारा– मुगु जिल्ला प्रधान कार्यालय रहेको रारा छायाँनाथ यातायात प्रालिले यहाँ कार्यरत पत्रकारलाई आफ्ना सवारीसाधनको भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । यातायात प्रालिको शनिबार सम्पन्न भएको प्रथम साधारणसभाले पत्रकारलाई यस्तो छुट दिने निर्णय गरेको हो । साधारणसभाले नवराज चौलागाईंको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । सभाले वरिष्ठ उपाध्यक्षमा कालीबहादुर […]

आज काठमाडौँमा वर्षकै उच्च तापक्रम

काठमाडौँ– अधिकतम तापक्रम वृद्धि भएसँगै काठमाडौँ उपत्यकामा यो वर्षकै बढी गर्मी महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दुई दिनदेखि काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस रहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम ३३ र न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्री पुगेको छ । हिजो शुक्रबार काठमाडौँको अधिकतम ३३.५ र न्यूनतम १९ डिग्री सेल्सियस […]

१९ जना डिआइजीको सरुवा, को कहाँ ?

काठमाडौँ– सरकारले १९ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ । गृहमन्त्रालयको शुक्रबार बसेको मन्त्रिस्तरीय निर्णय गर्दै १९ जना डिआइजीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयका मानवस्रोत तथा प्रशासन विभागका प्रहरी उपरीक्षक चन्द्रकुमार खापुङले जानकारी दिए । उनकाअनुसार प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो नक्सालमा रहेका कमलबहादुर जिटीलाई अख्यितार अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टङ्गालमा, […]

झापामा अत्यधिक गर्मीले मलामीको मृत्यु

झापा– झापामा अत्यधिक गर्मीका कारण मलामी गएका एक व्यक्तिको मृत्यु भएको छ। अत्यधिक गर्मीका कारण मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ बस्ने अन्दाजी ६० वर्षीय सिताराम यादव रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बुधबार बिहान झुण्डिएर आत्महत्या गरेका भद्रपुर ६ बस्ने १८ वर्षीय रोहण यादवलाई मेची नदीमा दाहसंस्कारका लागि लगिएको थियो। सिताराम बुधबार […]

रेलले किचेर काँकडभिट्टाका एकै परिवारका दुईको मृत्यु

भद्रपुर– झापाको मेचीनगर नगरपालिका–७ स्थित काँकडभिट्टाका एउटै परिवारका दुईको रेल दुर्घटनामा परी मृत्यु भएको छ । शनिबार बिहान ११ बजे भारतको बाघपुल नजीक मङ्पुमा काँकडभिट्टा निवासी ३३ वर्षीय इन्द्र श्रेष्ठ र उहाँका ११ वर्षीय छोरा रोहनको रेलले किचेर घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा इन्द्रका श्रीमती डम्बरकुमारी श्रेष्ठ घाइते अवस्थामा रहेको उनीहरुका छिमेकी पत्रकार लक्ष्मी […]

तिर्खा मेटाउन खानेपानीमा कोटा प्रणाली, दिनमा ५० लिटर पानी मात्र भर्न पाइन्छ

अमरगढी– ‘कोटेलीको दलित बस्ती सुनकोट’ नाम सुन्दर छ । तर सो गाउँको कथा कुरुप छ । यो गाउँ नवदुर्गा गाउँपालिका–१ मा पर्छ । गाउँमा दलित समुदाय छ । सबैका घरमा निलो रङको ‘जर्किन’ छन् । जर्किन भारतबाट किनेर ल्याएका हुन् । उनीहरू कथा जर्किनबाटै शुरु हुन्छ । बिहीबार दिँउसो ४ बजे । सधैँजसो घरघरबाट महिला […]

पहाडको टुप्पोमा बाजा बज्ने ढुङ्गा !

बेनी– ढुङ्गाका चुचुराहरू हेर्दा पञ्चेबाजाका आकृतिहरू छन् । अग्लो पहाडको टुप्पोमा गुफाभित्रका यी आकृतिहरूको आवाज पनि बाजाको जस्तै सुनिन्छ । अन्नपूर्ण गाउँपालिका–३ दानास्थित काभ्रे गाउँ र रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाले त्यहाँ पुग्ने जो कसैलाई ढुङ्गाबाट बाजा बज्छ भनेर विश्वास गर्न बाध्य पार्ने गरेको छ । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको अन्तिम बस्तीको रूपमा रहेको […]