लोकसेवाले स्थानीय तहको लागि निकोको विज्ञापनले आज पनि निकास पाएन, आइतबार फेरि सुनुवाइ हुने

काठमाडौँ- सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा पुनः आइतबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आज सुनुवाइ गरिएकामा विपक्षीमध्ये एक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिलाई सूचना नगरिएका कारण आइतबारसम्मका लागि स्थगित गरिएको हो । उक्त आयोगविरुद्ध स्थानीय तहको विज्ञापनसम्बन्धी चार रिट निवेदनमाथि यही असार […]

एसइईको नतिजा भोलि बुधबार सार्वजनिक हुने

भक्तपुर– परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उहाँले कुनै प्राविधिक […]

आजको राशिफल / वि.सं. २०७६ आषाढ १० गते मङ्गलबार

वि.सं. २०७६ आषाढ १० गते मङ्गलबार तदनुसार ई. सं. २०१९ जुन २५ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : भौमाष्टमी व्रत, गोरखकाली पूजा, देउपाटनमा त्रिशूल यात्रा, भलभल अष्टमी, भूमिपूजा, कामाख्यामा अम्बुवाची मेलाको समापन, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), आषाढ कृष्णपक्ष (तछलागा) अष्टमी तिथि, मध्यरात्रीपछि ०१:१३ बजेसम्म, त्यसपछि नवमी तिथि, […]

ज्वालामुखीको दृष्य हेर्न खोज्दा ७० फीट गहिरो ज्वालामुखी खाल्डोमा खसेपछि…

काठमाडौं- ज्वालामुखीको दृष्य नजिकबाट हेर्न खोज्दा एक सैनिक जवान ७० फीट गहिरो खाल्डोमा खसेका छन् । होटल नजिकैको स्टिल रेलिङबाट दृष्य हेर्न खोज्दा खुट्टा फुत्कीएर सैनिक जवान ज्वालामुखी खाल्डोमा खसेका हुन् । प्रत्यक्षदर्शीका अनुसार बुधबार ६ बजेर ३० मिनेट आसपासमा घटना घटेको थियो । घटना संयुक्त राज्य अमेरीकाको हो । हवाई पाहोवास्थित ‘किलौइया ज्वालामुखी’को दृष्य मजैले […]

मान्छे एक दिनमा कति मिनेट अरुको कुरा काट्छ ?

काठमाडौं- चाहे जोे जस्तो सुकै मानिसहोस् दिनमा एकपटक भएपनि आफ्ना अगाडि नभएको मान्छेको कुरा गरेकै हुन्छ । एउटा नयाँ अनुसन्धानपछि युनिभर्सिटी अफ क्यालिफोर्नियाका अध्ययनकर्ताहरुले मान्छेले दिनमा करिब १ घण्टा अरुका पछाडि कुरा गर्ने अर्थात ‘गसिप’ गरेर बिताउने गरेको खुलासा गरेका छन् । यसका लागि उनीहरुले ४सय ६७ मानिसमा अध्ययन गरेका हुन् । सहभागी सबैमा एउटा सानो […]

सुक्दै मूलको पानी

काठमाडौँ– नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सिलामेमा १५÷२० वर्षअघि कुलो खनेर हिउँदमा गहुँ र तोरी लगाइन्थ्यो । स्थानीय नवराज अधिकारीलाई अहिले उक्त खेती प्रणाली इतिहास बनेको छ । त्यसैगरी हरियाली हुन्थे धादिङका विकट किराञ्चोकको रिष्ठाबोटेलगायत बस्तीका पाखापखेरा । त्यो पनि अहिले इतिहास बनिसकेको छ । कतिपय कुलो सुके त कतिपय सडकमा परिणत भएका छन् । एक त […]

भारतीय सडकका कारण सयौँ नेपालीका घर डुबानमा

बाँके– बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका अधिकांश घर डुबानमा […]

बेपत्ता यात्रुको पुत्ला बनाएर अन्तिम संस्कार

कर्णाली– कर्णाली नदीमा जिप खसेर बेपत्ता भएकी खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत बेपत्ता सबैको शव नभेटिएपछि पुत्ला बनाएर बिहीबार दाहसंस्कार गरिएको छ । गत मङ्गलबार (असार ३ गते) खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानबाट याङ्चु जाने क्रममा बेडु बिसाउनी र कैल्याबालुमा महेन्द्र बोलेर जिप खस्दा उपाध्यक्ष शाहीसहित ११ बेपत्ता भएका थिए । बुधबार अपराह्न १ः३० बजेदेखि घटनास्थलमा […]

पतञ्जलिको जन्म अर्घाखाँचीमा भएको पुष्टि

काठमाडौँ– आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद् पतञ्जलिको जन्म नेपालमा भएको पुष्टि भएको छ । डा विष्णुराज आत्रेय (लाटोसाथी)ले ‘पतञ्जलि’ पुस्तकमार्फत उनको जन्म अर्घाखाँचीको शीतगङ्गा पलटेमा भएको तथ्य सार्वजनिक गरेका छन् । विभिन्न शास्त्रीय उत्खननबाट अर्घाखाँची, प्यूठान र दाङको सिमानामा पर्ने सो ठाउँमा पतञ्जलिको जन्म भएको तथ्य डा आत्रेयले फेला पार्न सफल भएका हुन् । वाल्मीकि […]

भारतीय लगानीमा नेपालमा अफिम खेती

बाँके– आज बिहान ५ बजेतिर बाँकेको फुल्टेक्रास्थित बाबाकुटीबाट प्रहरीले साढे १८ केजी अफिमसहित चार जनालाई पक्राउ गरेको छ । एकाबिहानै अटोरिक्सामा राखेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले अफिमसहित उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष छन् । पक्राउ परेकाहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । आजै […]