भारतमा एकैदिन ४० हजार ९५३ संक्रमित थपिए,१८८ संक्रमितको मृत्यु

एजेन्सी। भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १८८ जनाको मृत्यु भएको छ । सोही अवधीमा भारतमा ४० हजार ९५३ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  भारतमा हालसम्म कोरोनाका कारण १ लाख ५९ हजार ५५८ जनाको मृत्यु भइसकेको छ । १ करोड १५ लाख ५५ हजार २८४ जनामा कोरोना संक्रमण भइसकेको तथ्यांकमा उल्लेख छ […]

नक्कली पैसा छाप्ने मेसिनसहित एक जना पक्राउ

मेलम्ची । इलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ । नक्कली पैसा छापी कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा उनलाई मेलम्ची नगरपालिका–१२ स्थित बि आर एस मोबाइल हाउसबाट नक्कली नोट, नक्कली नोट छाप्न प्रयोग गर्ने प्रिन्टरसहित पक्राउ गरिएको […]

टिपरको ठक्करबाट झापामा थप एकको मृत्यु

झापा । टिपरको ठक्करबाट शनिबार साँझ दमकमा थप एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको दमक–४ को चियाबगानस्थित सडकखण्डमा साँझ ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००१क १०८२ नंको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–१–०२–०४४प ८१३३ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २३ वर्षीय नीरन बस्नेतको मृत्यु भएको हो । […]

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। भने, हाल देशका प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ। यसैगरी, आजको दिउँसोको मौसमको अवस्थामा पहाडी भूभागहरुमा आंशिकदेखी सामान्य […]

बस दुर्घटनामा परी कम्तीमा १४ को मृत्यु

एजेन्सी । श्रीलङ्काको पासारामा बस दुर्घटनामा पर्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार राजधानी कोलम्बोबाट करिब ३ सय ५७ किलोमिटर टाढा मोनेरागला–बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस शनिबार भीरबाट खसी भएको दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको हो । बसमा यात्रारत ३० व्यक्ति गम्भीर घाइते भएका छन् । घाइते यात्रुका अनुसार चालकको लापर्बाहीका […]

तपाईको आजको दिन कस्तो रहनेछ ?

आज २०७७ चैत्र ८ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? तपाईको आजको दिन कस्तो रहनेछ ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्म,कर्ममा रुची बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । शुभ […]

ओलीले जालझेल र तिकडम बाहेक अरु केही नजानेको गौतमको आरोप

काठमाडौँ । नेकपा एमालेका नेता वामदेव गौतमले पार्टी एकताका लागि पहल जारी रहने बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै नेता गौतमले नेकपामा विवाद हुँदा पनि आफू एकताको पक्षमा उभिएको भन्दै अब पनि एमालेभित्र एकता कायम गर्न भूमिका खेल्ने बताएका हुन् । ओलीले जालझेल र तिकडम बाहेक अरु केही […]

कृषि फार्ममा आगलागी हुँदा २० गाई मरे

राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका – ५ स्थित कृषि फार्ममा भएको आगलागीमा परी २० वटा गाई जलेर मरेका छन् । गाउँपालिकाअन्तर्गगत कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा आज दिउँसो विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । सो फार्ममा ६० मध्ये २० वटा गाई जलेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । तीमध्ये १० गाई […]

सरकारले संविधानमाथि पटक पटक प्रहार गर्दै आएको छ : नेपाली कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नु पर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै खाँणले सर्वोच्चले असंवैधानिक भनेको अवस्थामा प्रधानमन्त्रीले नैतिक उत्तरदायी हुनु पर्दैन भनेर प्रश्न गरे । ‘संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक […]

दक्षिणकालीमा भेटिएको दुई शवको सनाखत

काठमाडौँ। दक्षिणकाली नगरपालिका–१, खहरेमा भेटिएको दुईजनाको शवको सनाखत भएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार मृत्यु हुनेमा नुवाकोटका १६ वर्षीया अर्जुन खड्का र काभ्रेका १८ वर्षीया मंगल तामाङ छन् । प्रहरीका अनुसार खड्का असनको टेउडा स्कुलमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन् भने तामाङ क्षेत्रपाटीको जिपी स्कुलमा कक्षा १० मा पढ्थे । […]