ओलीले जालझेल र तिकडम बाहेक अरु केही नजानेको गौतमको आरोप

काठमाडौँ । नेकपा एमालेका नेता वामदेव गौतमले पार्टी एकताका लागि पहल जारी रहने बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै नेता गौतमले नेकपामा विवाद हुँदा पनि आफू एकताको पक्षमा उभिएको भन्दै अब पनि एमालेभित्र एकता कायम गर्न भूमिका खेल्ने बताएका हुन् ।

ओलीले जालझेल र तिकडम बाहेक अरु केही नजानेको गौतमले आरोप लगाए ।

अध्यक्ष ओली र प्रचण्ड दुबैको आलोचना गर्दै नेता गौतमले माओवादी केन्द्रमा नेता भनेकै प्रचण्ड र संगठन भनेकै प्रचण्डको स्थिति रहेको जिकिर गरे ।

गौतमले बैठकबाटै पार्टीको समस्या समाधान गर्नुपर्ने भएकाले पार्टीको बैठकमा जानुपर्ने बताए । उनले पार्टीभित्रको विवादको असर पार्टी निकट संगठनहरुमा पर्नु दुखद भएको धारणा पनि राखेका थिए ।

खिल नेपाल किसान महासंघको भेलामा माधव पक्ष निकट सदस्यहरु पनि सहभागी भएका थिए ।