सीसीएमसीद्वारा तीनसाता शैक्षिक संस्था बन्द गर्न प्रस्ताव

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तिमा तीनसाता शैक्षिक संस्था बन्द गर्न प्रस्ताव गरेको छ ।

काठमाडौं, पोखरासहितका विभिन्न स्थानमा विद्यालय तथा क्याम्पसमा नयाँ भेरियन्टको संक्रमण बढेको भन्दै कम्तिमा तीनसाता विद्यालय बन्द गर्न प्रस्ताव गरेको छ ।

संक्रमणको अवस्था हेरेर स्थानीय तहले पनि यो निर्णय लिन सक्ने बताइएको छ ।  त्यसैगरी जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न र डीसीसीएमसीले कडाइका साथ अनुगमन गर्न पनि सो समितिले निर्देशन दिएको छ ।

शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।