एकैदिन थपिए २ हजार १११ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार १११ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ३ हजार ५३७ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३७ हजार २२ छ ।

पछिल्लो २४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको छ ।