किन सन्दीप लामिछानेले सागमा क्रिकेट नखेल्ने ?

चर्चित युवा लेग स्पीनर सन्दीप लामिछानेले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गतको क्रिकेट खेलमा सहभागिता नजनाउने भएका छन् ।

केही महिनादेखि उनको आँखा समस्या देखिएको र सोमबार मात्र लेजर राखिएकाले साग खेल्न नसक्ने भएको सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । ‘सन्दीपले आजै मात्र डक्टरसँग चेक गराएर आँखा लेजर राखेका हुन् ।

चश्मा लगाएर खेल्न केही गाह्रो हुने र भविष्यमा केही असर नपरोस् भनेर सागमा लामिछानेले क्रिकेट नखेल्ने निर्णय गरेको शिवाकोटीले बताए ।

लामिछानेले कम्तीमा दुई साता आराम गर्ने भएका छन् । उनी भर्खरै मात्र युएईमा सम्पन्न टी–१० लिग खेलेर फर्किएका थिए ।

आगामी फेब्रुअरीमा नेपालले त्रिकोणात्मक सिरिज खेल्दैछ र त्यसैलाई ध्यानमा राख्दै सागमा नखेलेर आराम गर्न लागेको शिवाकोटीको भनाई छ ।