जुनियर राष्ट्रिय कराते भोलिदेखि

काठमाडौं (पास)– नेपाल सितोरियो सोबुकान कराते संघको आयोजनामा दोश्रो सितोरियो सोबुकान जुनियर राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा कुमुते र एकल कातासहित विभिन्न १५ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सजिश खड्गीले जनाएका छन् । पुरुषमा ८ र महिला ७ स्पर्धामा भिडन्त हुनेछ । करिब ३ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।

ललितपुर महानगरपालिकाको सहयोगमा हुने प्रतियोगितालाई सान जापानिज लेङग्वेज एन्ड कल्चरले मुख्य प्रायोजन गर्ने भएको छ । दुईदिने प्रतियोगिताका खेलहरु बंगलामुखीमा हुनेछ ।