स्वान्सी सिटी चेल्सीसगं पराजित, लिभरपुल स्टोक सिटी बराबरी

काठमाडौं– इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले स्वान्सी सिटीलाई १–० ले हराएको छ ।गएराति स्वान्सी सिटीको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सीलाई विजयी गराउन स्पेनिस खेलाडी फाब्रिगासले निर्णायक गोल गरे ।जितसँगै चेल्सीले प्रिमियर लिग फुटबलको शीर्ष चारभित्र पर्ने सम्भावना जिवित राखेको छ ।

गएराति भएको अर्को खेलमा लिभरपुललाई रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको स्टोक सिटीले गोलरहित बराबरीमा रोकेको छ ।प्रिमियर लिग फुटबलका अन्य खेलहरुमा क्रिष्टल प्यालेसले लेस्टर सिटीलाई ५-० ले हराउँदा एभर्टनले हडर्सफिल्ड टाउनलाई २–० ले, साउथह्याम्पटनले बर्नमाउथलाई २–१ ले तथा वेष्ट ब्रोमले न्युकासल युनाईटेडलाई १–० ले हराएका छन् ।

बर्न्ले र ब्राईटनले भने गोलरहित बराबरीमा चित्त बुझाएका छन् । प्रिमियर लिग फुटबलमा आज राति दुई खेल हुनेछन् ।आज च्याम्पियन म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाईटेडसँग खेल्दा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडले छैटौं स्थानको आर्सनलसँग खेल्नेछ ।