चक्कु प्रहारबाट सात विद्यार्थीको हत्या

काठमाडौं– चीनको शानशी प्रान्तको एक स्कूलमा बाहिर एक आक्रमणकारीले सात विद्यार्थीको ज्यान लिएका थिए ।चाकुबाट गरिएको आक्रमणका क्रममा अन्य १२ विद्यार्थी घाइते भएका छन् । मारिनेमा पाँच छात्रा र दुई छात्र छन् ।प्रहरीले संदिग्ध आक्रमणकारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।अधिकारीहरुका अनुसार यो घटना मिजा क्षेत्रको एक स्कूलको नजिक भएको हो ।

सबै विद्यार्थी विद्यालय सकिएपछि घर फर्कदै थिए ।चीनका प्रहरी अधिकारीहरुका अनुसार आक्रमणकारी त्यही स्कूलका पूर्व विद्यार्थी रहेको र उनको उमेर २८ वर्षको भएको बताएका छन् । प्रारम्भिक अनुसन्धानका अनुसार उ जब तेस्रो वर्षको कक्षामा थियो(यस कक्षामा रहने विद्यार्थीको औषत उमे १३ देखि १४ वर्षको हुन्छ ।) तेसबेला उसलाई दिइएको थियो र त्यसको बदला लिन चाहिरहेको थियो ।पछिल्ला दिनमा चीनमा चाकू आक्रमणमा वृद्धि भएको छ ।