गर्मीमा यसरी आफ्नो अनुहारको सुरक्षा गर्नोस्

काठमाडौं– गर्मी मौसममा चर्को घामको किरणले स्किनलाई हानि गर्छ । त्यस्तै, चर्को घामकै कारण शरीरमा उत्पन्न हुने पसिनाले पनि छालामा विभिन्न समस्या सिर्जना गर्छ । त्यसैले गर्मी मौसममा आफ्नो छालाको सुरक्षाका लागि यस्ता केही टिप्स फलो गर्न सकिन्छ ।

भिटामिन सीको प्रयोग

स्वास्थ्यका लागि भिटामिन सी निकै महवपूर्ण मानिन्छ । तर, यसले शारीरिक स्वास्थ्य मात्र नभई छाला चम्किलो बनाउन पनि महतवपूर्ण भूमिका खेल्छ । त्यसैले स्वस्थ छालाका लागि गर्मी मौसममा पर्याप्त मात्रामा भिटामिन सीयुक्त खाद्यपदार्थको प्रयोग गर्नुपर्छ । सुन्तला, कागती, अमला, अंगुर, टमाटर लगायतबाट यस्तो व पाउन सकिन्छ ।

डेड स्किन

गर्मीमा डेड स्किन सेल्सले तपाईंलाई कुरूप बनाउन सक्छ । त्यसैले छालालाई यसबाट हुने हानिबाट जोगाउनुपर्ने हुन्छ, जसका लागि प्राकृतिक विधिको सहारा लिन सकिन्छ ।कफी, दही, बेकिङ सोडा, चिनी आदिको प्रयोग गर्दा यस्तो समस्याबाट मुक्त हुन सहयोग पुग्छ । यस्ता खाद्यपदार्थले डेड स्किनको सम्भावित खतरालाई घटाउने काम गर्छ ।

सन्सक्रिम

गर्मीमा चर्को घामको किरणले शरीरमा सीधा असर पार्छ । त्यसैले घरबाट बाहिर निस्कने समय सन्सक्रिम प्रयोग गर्न जरुरी हुन्छ ।

ओठ र आँखाको सुरक्षा

प्राय मानिसले आफ्नो ओठ र आँखामा निकै कम ध्यान दिने गर्छन् । तर, गर्मी मौसममा ओठ र आँखामा पनि विभिन्न असर पर्ने गर्छ । त्यसैले घरबाट बाहिर निस्कँदा घामबाट बच्न आँखामा सनग्लास र ओठमा सनप्रोटेक्टिभ वामको प्रयोग गर्नुपर्छ ।

कस्मेटिक सामग्री

गर्मी मौसममा सकेसम्म बाहिरी प्रडक्ट कम प्रयोग गर्नुपर्छ । किनकि, यसमा प्रयोग भएका केमिकलले बिस्तारै अनुहारमा खराब असर पु¥याउने गर्छन् । त्यसैले बढीभन्दा बढी घरेलु उपचारको प्रयोग गर्दा राम्रो हुन्छ । एजेन्सीकोे सहयोगमा