नेपाललाई दक्षिण एसियाली जुनियर रिजनल ब्याडमिन्टन च्याम्पियनशिपको उपाधि

काठमाडौं । भारतको गुवाहाटीमा भएको एसिया दक्षिण एसियाली जुनियर रिजनल ब्याडमिन्टन च्याम्पियनशिप २०२२ को यू–१५ उमेर समूहमा नेपालले जित हात पारेको छ ।

मिक्स टिम इभेन्टको प्रतियोगितामा नेपाल माल्दिभ्स र भूटानलाई समान ५–० ले पराजित गर्दै विजयी भएको नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए।