लिभरपुलको साँघुरो जित

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलले नयाँ सिजनको च्याम्पियनस लिग फुटबलमा सुखद सुरुवात गरेको छ । बुधबार राति भएको खेल आयाक्सलाई पराजित गर्दै लिभरपुलले लिगमा सुखद सुरुवात गरेको हो ।

घरेलु टोली आयाक्समाथि १–० को साँघुरो जित निकाल्न लिभरपुलले आत्मघाती उपहार गोल पाएको थियो । आत्मघाती गोल नै लिभरपुलको जितका लागि निर्णायक बन्न पुग्यो ।

खेलको ३५ औं मिनेटमा आयक्सका डिफेन्डर निकोलस ताग्लियाफिनोले आत्मघती गोल गर्दा लिभरपुलल खेलमा अग्रता लिएको थियो । तर, त्यसपछि दुबै टोलीबाट कुनै थप गोल हुन नसकेपछि खेलमा ताग्लियाफिनोको आत्मघती गोल नै निर्णायक बन्न पुगेको र लिभरपुलले खेलमा १–० को साँघुरो जित निकालेको हो ।

जितसँगै समूह डी मा रहेको लिभरपुलले तीन जोड्दै नयाँ सिजनको च्याम्पियन्स लिगको सुरुवात गरेको छ । त्यस्तै सोही समूहमा भएको अर्को खेलमा एट्लान्टा विजयी भएको छ । मिड्ट्जििल्यान्डको घरेलु मैदानमा भएको खलमा एट्लान्टाले ४–० को जित निकाल्दै समूहमा तीन अंक जोडेको छ ।