विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ६ लाख

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ४ करोड ६ लाख पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ६ लाख ६५ हजार ४३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ५० हजार ४२४ संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख २१ हजार ८४३ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ५ हजार १९२ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।