म्यानचेस्टर युनाइटेड र टोटनहृयाम एफ ए कपको सेमिफाइनलमा

काठमाडौं– म्यानचेस्टर युनाइटेड र टोटनहृयाम एफए कपको सेमिफाइनलमा पुगेका छन् । ब्राइटनलाई २–० ले हराउँदै म्यानचेष्टर युनाइटेड र स्वान्सी सिटीलाई ३–० ले हराउँदै टोटनहृयाम सेमिफाइलनमा पुगेका हुन् ।म्यानचेस्टर युनाइटेडलाई जिताउन रामेलु लुकाकु र म्याटिकले एक–एक गोल गरे ।

च्याम्पियन्स लिगबाट बाहिरिएको म्यानचेस्टर युनाइटेडले जारी सिजनको एफए कपमा ११ औं खेल खेल्दासम्म एक गोल पनि खाएको छैन ।टोटनहृयामको जितमा एरिक्सनले दुई तथा लामेलाले एक गोल गरेका छन् । एरिक्सनले ११ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाएका थिए । एरिक्सनले ६२ औं मिनेटमा पनि व्यक्तिगत दोस्रो गोल गरे । त्यसअघि पहिलो हाफको इन्जुरी समयमा लामेलाले गोल गरेका थिए ।