बक्सिमा पनि स्वर्ण, नेपालको स्वर्ण संख्या ५० पुग्यो

 

१३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको स्वर्ण पदक संख्या ५० पुगेको छ ।

नेपालका लागि बक्सिङका सनिल शाहीले ५० औं स्वर्ण पदक जितेका हुन् ।

बक्सिङको ६० किलो तौल समूहको प्रतिस्पर्धामा भारतीय खेलाडी भिरेन्दर सिंहलाई पराजित गर्दै सनिलले स्वर्ण पदक जितेका हुन् ।