काठमाडौं । प्रहरी प्रधान कार्यालयले देशैभरिका डिएपीहरुको सरुवा गरेको छ । आईजीपी सर्वेन्द्र खनालले देशैभरिका प्रहरी नायब उपरिक्षक (डिएसपी)हरुको सरुवा सम्बन्धी फाइलमा बुधबार साँझ हस्ताक्षर गरेका छन् ।
सरुवा भएका डिएसपीहरुलाई पुस महिनाको तलब सरुवा भई गएको ठाउँबाट बुझ्ने गरी सरुवा गरिएको बुधबार जारी सूचनामा जनाइएको छ ।