देशका सबै राजनीतिक पार्टीहरुले खेल्ने ठाउँ नै संसद् हो : नेता खनाल

 

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब संसदमा नयाँ खेल सुरु हुने बताएका छन् ।

संसद बैठकमा सहभागी भएर निस्कँदै गर्दा संचारकर्मीसँग नेता खनालले भने, ‘देशका सबै राजनीतिक पार्टीहरुले खेल्ने ठाउँ नै संसद् हो । अब नयाँ खेल सुरु हुन्छ, विस्तारै नयाँ परिदृश्यहरु देख्नुहुनेछ। ‘

उनले संविधानको मर्म र भावना अनुरुप अगाडि बढ्नुको विकल्प नभएको बताए । तसर्थ अब वर्तमान सरकारको निरन्तरताका लागि नै आफूहरुले प्रयास रहने जिकिर गरे ।

उनले भने, ‘एमाले नेतृत्वमा छ, यो सरकारले आगामी दुई वर्षको कार्यकाल राम्रोसँग पुरा गर्नुपर्छ । मेरो शुभकामना छ ।’ उनले नेकपा एमाले सधैं बाम एकताको पक्षमा रहेको बताए ।