साताको पहिलो दिन नेप्से दोहोरो अंकले वृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतवार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ ।

यस दिन १२ दशमलव ४९ अंक बढेर नेप्से परिसूचक १ हजार ६४८ दशमलव ५९ विन्दुमा पुगेको हो । गत साताको अन्तिम कारोबार दिन बिहीवार ४ दशमलव ४७ अंक घटेर १ हजार ६३६ दशमलव १७ विन्दुमा बन्द भएको बजार आइतवार भने १ हजार ६४३ दशमलव २९ विन्दुदेखि खुलेको हो । यो दिन बजार १ हजार ६३७ दशमलव ८० विन्दुसम्म झरेको थियो ।

आइतवार १९८ ओटा कम्पनीको ४१ हजार ७६७ पटकको व्यापारमा रू. ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार बराबरको १ करोड ८ लाख ६३ हजार ४५६ कित्ता शेयर कारोबार भएको छ । आइतवार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकमको शेयर कारोबार भएको छ ।

उक्त कम्पनीको रू. २५ करोड ९२ लाख २ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २६ ले बढेर रू. ८९४ पुगेको छ । यो दिन उक्त कम्पनीको अधिकतम रू. ९०५ र न्यूनतम रू. ८५८ मा शेयर कारोबार भएको छ । आइतवार उक्त कम्पनीको २ लाख ९१ हजार ३२३ कित्ता शेयर कारोबार भएको छ ।बढेको बजारमा आइतवार ५० ओटा कम्पनीको शेयरमूल्य घटेको छ ।

यी मध्ये पनि नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ३ दशमलव ५७ प्रतिशतले घटेर अन्तिम मूल्य रू. २७० मा पुगेको छ ।  यो दिन छ ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि देखिएको छ । हिमालयन डिष्टिलरीको ९ दशमलव ९७ प्रतिशत, साल्ट ट्रेडिङ कर्पोरेशनको ९ दशमलव ९५ प्रतिशत, दिव्यश्वरी हाइड्रोको ९ दशमलव ९२ प्रतिशत, मिथिला लघुवित्तको ९ दशमलव ९० प्रतिशत , युनिभर्सल पावर कम्पनीको ९ दशमलव ८६ प्रतिशत र सानिमा जनरल इन्स्योरेन्सको ९ दशमलव ८४ प्रतिशतले शेयरमूल्य बढेको हो ।

आइतवारको कारोबारमा १२ ओटा समुहमध्ये बैंकिङ समुह शून्य दशमलव शून्य ९ प्रतिशतले र विकास बैंक शून्य दशमलव ३२ प्रतिशतले घटेको छ । बाँकी सबै समुहको परिसूचक बढेको छ ।  यो दिन सर्वाधिक व्यापारिक समुहको परिसूचक ८ दशमलव ५८ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधनको ४ दशमलव शून्य ४ प्रतिशत, अन्यको २ दशमलव ६३ प्रतिशत, जलविद्युतको २ दशमलव १४ प्रतिशत, होटलको १ दशमलव ५८ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ४१ प्रतिशत, वित्तको शून्य दशमलव ४९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव २३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ४१ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ९ प्रतिशत परिसूचक बढेको छ ।