नेपालमा छैन कोरोना संक्रमण, ५१० जनाको नमुना टेस्ट गर्दा पनि भेटिएन

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) लाई लिएर नेपालमा चौतर्फी त्रास फैलिरहेको बेला हाल देशमा संक्रमण भने कसैमा पनि नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले हालसम्म गरिएको परीक्षणमा एक जनामा पोजेटिभ देखिएको भएपनि उनी निको भइसकेको र अहिले कसैमा पनि संक्रमण नरहेको स्पष्ट पारेको हो ।

मन्त्रालयका अनुसार हालसम्म संकास्पद ५१२ जनाको स्याम्पल टेस्ट भएकोमा ५११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सुरुमै चीनबाट आएका एक नेपालीमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकोमा उनी निको भएपछि त्यसयता कसैमा पनि भाइरसको संक्रमण नदे खिएको मन्त्रालयको भनाइ छ ।

अहिले मौसम परिवर्तनको समय रहेकाले रुघाखोकीको बिरामी हुने हुँदा अहिले थप त्रास देखिएको छ । तर सरकारले पर्याप्त सावधानी अपनाइएको र नागरिक स्वयमलाई पनि सावधानी अपनाउन अपील गरेको छ ।

यसैबीच विश्वव्यापी रुपमा फैलि रहेको कोरोना भाइरसबाट बुधबार अपरान्हसम्म २ लाखबढी संक्रमित भइसकेका छन् भने ८ हजार बढीको ज्यान गइसकेको छ ।