बिहिबार नेपाली बजारमा सुनको मूल्य १५ सयले घट्यो

काठमाडौं । सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज बिहीबार छापावाला सुनको मूल्य ७५ हजार तोकेको छ ।

हिजो बुधबार छापावाला सुन प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य पनि तोलामा १ हजार ५ सयले घटेर ७५ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य तोलामा २ हजारले घटेको थियो । सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ७१० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३० रुपैयाँले घटेर ६८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।