मरेका कुखुराको मासु बेच्ने पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा मरेका कुखुराको मासु बेच्ने एक जनालाई पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका ३१ प्रयाग मार्गस्थित बिएण्डबी मीट मार्टका सञ्चालक काभ्रे पनौती नगरपालिका १० घर भएका ३३ वर्षीय कृष्णचरण गोछेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई मरेका कुखुराको मासु विक्री गरेको अभियोगमा सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त मासु पसलमा करिब १ हजार किलोग्राम मरेका कुखुरा बिक्रीको लागि राखिएको भन्ने उजुरी पछि प्रहरीले गोछेलाई नियन्त्रणमा लिएको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिको उपस्थितिमा उक्त मासु खाल्डोमा पुरेर नष्ट गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको