स्याङ्जामा गोरु काटेको अभियोगमा ४ जना पक्राउ

स्याङ्जा । जिल्लाको अर्जुनचौपारी गाँउपालिका(४ दमै चौताराबाट गोरु काटेर खाएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय दीपक नेपाली, २६ वर्षीय शिव नेपाली, २३ वर्षीय खेम परियार र ३४ वर्षीय प्रेम नेपाली रहेका छन् ।

उक्त ठाउँमा जिउँदो गोरु काटेको भन्ने खबर सोमबार प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूलाई गोरुको मासु सहित फेला पारी पक्राउ गरको हो । जिल्ला अदालतबाट २५ दिनको म्याद थप भई उनीहरू उपर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।