काठमाडौं उपत्यकामा ४५४ सहित १३५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५४ सहित थप देशभर १३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं जिल्लामा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।