कोरोनाले एकैदिन ५ जनाको मृत्यु

हालसम्म ज्यान गुमाउनेको संख्या ३१७ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ । मन्त्रालयका अनुसार यसअघि हिजो बुधबार तीन महिला र तीन पुरुषको कोरोनाले मृत्यु भएको छ । 

कठमाडौँकी ८३ वर्षीय महिला र ६७ वर्षीय पुरुष, कास्कीकी ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीय महिला र नवलपरासीकी ६४ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको थियो।