काठमाडौं उपत्यकामा ५७२ सहिद थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५७२ सहित देशभर १२४६ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ५० अजार ४६५ पुगेको छ ।

उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ४९५ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमित थपिएका छन् ।