मैले पार्टी एकताको रक्षाका लागि पटक–पटक आग्रह गरेको छु : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको रक्षाका लागि अर्का अध्यक्ष केपी शर्मा ओलीसँगै फेरि पनि आग्रह गर्ने बताएका छन् ।

पार्टी एकताको रक्षाका लागि आफूले पटक–पटक आग्रह गरेको बताउँदै फेरि पनि आग्रह गर्ने बताएका हुन् । नेकपा सचिवालयका बहुमत सदस्यको अनौपचारिक छलफलपछि बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।