भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो

एजेन्सी । भारतमा कोरोना संक्रमणको कारण  मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १९७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार २०० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहा ४० हजार ६११ जनामा संक्रमण भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १६ लाख ८६ हजार ३३० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ११ लाख ७९ हजार ५९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ४७ हजार ७१ छ ।