लक्ष्मी बैंक र लक्ष्मी केयरस्ले संयुक्तरुपमा नेपालका प्रतिष्ठित गायक दीप श्रेष्ठको सांगितीक यात्राको ५० वर्षको अवसरमा कोष स्थापनाको लागि सांगितीक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा नेपाली गीत,संगीतसँग सम्बन्धित विभिन्न सर्जक, पारखी एवं संगीतकारहरुको उपस्थिति रहेको थियो ।
कोष स्थापनाको लागि आयोजना गरिएको यस कार्यक्रमबाट संकलन भएको रकम सम्पदा सूचीमा परेका दुई वटा स्थानहरु लागि विद्युतीय सवारी साधनको व्यवस्थामा प्रयोग गरिने छ ।
यी विद्युतीय गाडीको प्रयोग बृद्ध एवं शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि निःशुल्करुपमा प्रयोग गरिने छ ।
कार्यक्रम सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको थियो । यस कार्यक्रम सँगै लक्ष्मी केयर्सले वार्षिक शृंखलाको रुपमायस्तो कार्यक्रम संचालान गर्नेछ ।