प्रचण्ड र देउवाबीच भेटवार्ता, मेलमिलाप र बेपत्ता छानबिन आयोग बारेमा छलफल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच कांग्रेस सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा भेटवार्ता भएको हो ।

नेकपा अध्यक्ष प्रचण्ड देउवालाई भेट्न सोमबार बिहान बुढानिलकण्ठ पुगेका थिए ।

दुई नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको नेतृत्व चयनका सम्बन्धमा छलफल भएको जनाइएको छ ।