आज पनि महराको थुनछेक बहस जारी

निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज पनि जारी रहनेछ। आइतबार सहन्यायाधीवक्ता चन्द्रकान्त खनालले बहस गरेका थिए। आइतबार वादी पक्षका वकिलहरुको बहस सकिएपछि महरा पक्षका एक वकिलले मात्रै बहस गरेका थिए।

महराका कानुन ब्यवसायीले बहस गर्न बाँकी भएपछि हिजो काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासले मुद्दा हेर्दाहेदैमा राखेको थियो।

महराका तर्फबाट पूर्वमहान्यायाधीबक्ता रमण श्रेष्ठसहित ३२ बढी कानुन ब्यवसायीले आज बहस गर्दैछन्। आरोपितको बयान, उनका कानुन ब्यवसायी र सरकारी वकिलको बहस तथा प्राप्त प्रमाणका आधारमा अदालतले महरालाई साधारण तारेख वा धरौटी वा पूर्वपक्षका लागि कारागार पठाउने आदेश दिनेछ।

जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्द गत बिहिबार जबरजस्ती करणी प्रयासमा साढे ७ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। सं

सद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा गत असोज १९ गते काठमाडौको बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए। दुई दिन हिरासतमा रहेका उनी उपचारका नाममा सो पछि थापाथलिस्थित नर्भिक अस्पतालको क्याविनमा बस्दै आएका छन्।