प्रधानसेनापति थापाद्वारा सेनाको शैक्षिक प्रमाणपत्र छानबिन, एक वर्षमा हजारभन्दा बढी सैनिकलाई कारबाही

काठमाडौँ । नेपाली सेनाले सैनिक कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिनलाई तिव्र पारेको छ ।

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको पूर्णचन्द्र थापाको पहलमा कार्यकालको पहिलो बर्ष भित्रै सेनाभित्र अनियमितता तथा आचरणविपरीत काम गर्ने एक हजारभन्दा बढी कारबाही गरिसकेको र कारवाही गारी रहेको सैनिक स्रोतले बतायो।

नेपाली सेनाले नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन प्रक्रिया अघि बढाए पछि दुई उच्च अधिकारीले पदबाट राजीनामा दिएका छन्। गत कार्तिकमा सेनाका दुई उच्च अधिकारीले राजिनामा दिइसकेका हुन्।

लामो समयसम्म लेखा प्रमुखको जिम्मेवारीमा रहेका उपरथी भुवन अधिकारी र शान्ति मिसन अन्तर्गत सिरियामा फोर्स कमाण्डको काम गरिसकेका उपरथी शिवराम खरेलले राजीनामा दिएका थिए।

उनीहरूको नागरिकता र शैक्षिक प्रमाणपत्रका विषयमा जंगी अड्डामा परेको उजुरीमा छानबिन भइरहेको सैनिक श्रोतले बतायो।

भविस्यमा प्रधानसेनापतिको रोलाक्रममा रहेका उपरथी प्रभुराम शर्माको नेतृत्वमा सेनाले उच्च सैन्य अधिकारीको नागरिकता तथा शैक्षिक प्रमाणपत्र छानबिन गरिरहेको हो।

सेनाले संगठन सुधार योजना अनुसार नक्कली प्रमाणपत्रधारीलाई स्वेच्छिक राजीनामा दिएर सम्मानपूर्वक सेवाबाट बिदा हुने अवसर दिने र स्वेच्छिक अवकाश नलिए सेवाबाट बर्खास्त गरी जेल चलान गर्ने बताउँदै आएको छ।