फ्रान्स पठाइदिने भन्दै ३८ लाख बढी ठगी गर्ने महिला प्रहरीको फन्दामा

काठमाडौं । फ्रान्स पठाइदिने भन्दै तीन जनाको ३८ लाख ५० हजार ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही घर भई हाल काठमाडौंका तारकेश्वर नगरपालिका १९ स्थित मनमैजु बस्ने पुर्णिमा श्रीष रहेको प्रहरीले जनाएको छ ।

उनले फ्रान्समा प्याकिङ फुड काममा आकर्षक तलव हुने भन्दै प्रलोभनमा पारी शीर बहादुर थापालगायत ३ जना व्यक्तिहरुको ३८ लाख पचास हजार लिएर फरार भएकी थिइन् ।

यसबारे महानगरीय अपराध महाशाखामा थापाले उजुरी दिएपछि खोजतलासको क्रममा मनमैजुबाटै पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

उनलाई बिहीबार आवश्येक अनुसन्धान तथा कारवाहीको महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको उनले जानकारी दिए ।