यौन शोषणको अभियोग लागेका एसएसपी शौरभ शम्शेर राणा पक्राउ

काठमाडौं । यौन शोषण गरेको अभियोग लागेका संघीय प्रहरी ईकाई कार्यालय धरानमा कार्यरत बरिष्ठ उपरिक्षक (एसएसपी) शौरभ शम्शेर राणा पक्राउ परेका छन् ।

आइतबार जिल्ला अदालत सुनसरीबाट पक्राउ पूर्जी जारी गरि कार्यलयबाटै एसएसपी राणालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

एसपी हुँदादेखि नै एक महिलाको पटक–पटक यौन शोषण गरेको भनी गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयमा उजुरी गरेपछि गृह मन्त्रालयले केही दुई दिन अघि उनलाई निलम्बन गरेको थियो ।

यौन शोषणको विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । बहालमा राखेरै अनुसन्धान गर्दा प्रमाण नष्ट गर्न सक्ने भएपछि गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो ।