चीनको दक्षिणपश्चिम क्षेत्रमा भूकम्प

चीनमा भूकम्पको धक्का महशुश गरिएको छ । चीनको दक्षिणपश्चिम क्षेत्रमा रहेको सिचुआन प्रान्तको छेङ्दुमा भूकम्पको धक्का महशुस गरिएको हो ।

चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार छेङ्दुलाई केन्द्रविन्दु बनाए ५।१ रेक्टर स्केलको भूकम्प गएको हो ।

जमीनबाट २१ किलोमिटर मुनिबाट भूकम्प शुरु भएको बताइएको छ । भूकम्पको झड्का लगभग १० सेकेन्डसम्म अनुभव गरिएको समाचारहरुमा जनाइएको छ । भूकम्पको झट्का महशुस गरिएसँगै मानिसहरु सडकमा निस्किएका भिडियो फुटेजहरु सार्वजनिक भएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा १५० जना उद्धारकर्ता र ३४ वाहन पठाइएको छ । अहिलेसम्म कुनै हताहतीको जानकारी नआएको चीनको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।