ब्राजिलमा ३६ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं – ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या ३६ लाख नाघेको छ । 

 

पछिल्लो २४ घण्टामा २३ हजार ८५ जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या ३६ लाख ५ हजार ७८३ पुगेको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २७ लाख ९ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८१ हजार ३७३ जनाको उपचार भइरहेको छ ।

कोरोना भाइरसको संक्रमणले ब्राजिलमा १ लाख १४ हजारभन्दा बढीको मृत्यु भएको छ । सोमबार यो समाचार तयार पार्दासम्म एकै दिन ४९५ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख १४ हजार ७७२ पुगेको हो ।