कोरोना भाइरसबाट विश्वमा ५ लाख ७५ हजारभन्दा बढीको मृत्यु

जेनेभा स्वीट्जरल्याण्ड– कोरोना भाइरस (कोभिड १९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख ७५ हजार ९५५ पुगेको छ ।

साथै यस सङ्क्रमणबाट विश्वभर एक करोड ३२ लाख ४२ हजार ६९३ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार मङ्गलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७७ लाख नौ हजार ९७२ जना निको भएका छन्.।

हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित करिब ४९ लाख ५५ हजार १४२ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितमा ५९ हजार २०९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३४ लाख ९७ हजार ४८३ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ३८ हजार २४७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २९ लाख ३१ हजार ९५९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख छ हजार ४९९ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ४० लाख ७५ हजार ५९४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ८७ हजार १२२ जनाको मृत्यु भएको छ ।

युरोपमा २५ लाख ९३ हजार ५५८ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ९६ हजार ५८१ को मृत्यु भएको छ ।

एसिया ३० लाख २० हजार ८०२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ७१ हजार ५५५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा छ लाख १४ हजार ४३६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १३ हजार ५०४ जनाको मृत्यु भएको छ ।

ओसियानामा ११ हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १३० जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना भाइरस सङ्क्रमित संख्या नौ लाख नाघ्यो

भारत कोरोना भाइरसको सङ्क्रमतिको संख्या नौ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ सङ्क्रमित थपिएपछि कुल सङ्क्रमितको संख्या नौ लाख छ हजार ७५२ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा भारतभरी कोरोनाभाइरसका कारण ५५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभरी कुल सक्रमितमध्ये तीन लाख ११ हजार ५६५ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख ७१ हजार ४५९ जना सङ्क्रमणमुक्त भएका छन् भने २३ हजार ७२७ जनाको मृत्यु भएको छ ।

भारतमा सबभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । महाराष्ट्रमा मात्रै दुई लाख ६० हजार ४६१ जना सङ्क्रमित भएका छन् भने दश हजार ४८२ जनाको मृत्यु भएको छ ।

दोस्रो धेरै सङ्क्रमित भएको तमिलनाडु राज्यमा एक लाख ४२ हजार ७९८ जना रहेका छन् भने दुई हजार ३२ जनाको मृत्यु भएको छ ।

तेस्रो धेरै सङ्क्रमित भएको दिल्ली प्रदेशमा एक लाख १३ हजार ७४० जना रेहेका छन्् । दिल्लीमा कोरोना सङ्क्रमणको कारण तीन हजार ४११ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस सङ्क्रमणको हिसाबबाट विश्वभरीको तथ्याङ्कलाई हेर्दा भारत तेस्रो धेरै सङ्क्रमित रहेको देशमा पर्दछ पहिलो स्थानमा अमेरिका र दोस्रोमा ब्राजिलमा रहेका छन् ।