बुधबार पनि नेपाली बजारमा सुनको मुल्य घट्यो

काठमाडौं । आज साताको चौंथो दिन बुधबार सुनको भाउ झन् घटेको छ। मंगलबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको मूल्य आज पुनः ८ सय रुपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला ७५ हजार २ सय तथा तेजावी सुन प्रतितोला ७४ हजार ९७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ७६ हजार तथा तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ ।

आज चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ८ सय ९० सय रुपैयाँमा कारोबार भएको थियो।